डीपीएल क्रिकेट : मैदानमा पानी जमेपछि शनिबारका दुवै खेल अवरुद्ध

डीपीएल क्रिकेट : मैदानमा पानी जमेपछि शनिबारका दुवै खेल अवरुद्ध

धनगढी : धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत शनिबारका दुवै खेल रद्ध भएका छन्। बिहीबारबाट परेको पानीले मैदान नै पोखरी बनेपछि शनिबारका दुवै खेल रद्ध भएका हुन्।

 
फाप्ला क्रिकेट मैदानमा शनिबारको पहिलो खेलमा विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुने तालिको थियो। तर, अम्पायरले मैदानको आउट फिल्डमा जमेको पानीले गर्दा खेल खेलाउन नमिल्ने बताएपछि खेल रद्द भएको हो। खेल रद्द भएपछि दुवै टिमले एक-एक अंक बाँडेका छन्। 

शनिबार नै हुने भनिएको धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीचको दोस्रो खेल पनि स्थगीत भएको छ। खेल स्थगीत भएपछि यी दुई टिमले पनि अंक बाँडेका छन्। शनिबारको खेल रद्ध भएसँगै धनगढी स्टार्स प्रतियोगिताबाट बाहिरिएको छ। 

यद्यपी धनगढीले एक खेल खेल्न बाँकी छ। धनगढी १ अंकका साथ अंक तालिकाको अन्तिममा छ। यस्तै काठमाडौं ५ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ। 

सिवाईसी अत्तरिया, रुपन्देही र विराटनगर समान ४–४ अंकका साथ दोश्रो, तेश्रो र चौथो स्थानमा छन् भने महेन्द्रनगर २ अंकका साथ पाचौँ स्थानमा छ। महेन्द्रनगरको पनि प्लेअफमा पुग्ने सम्भावना कमजोर छ। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.