स्थानीय तहमा विकास बजेट खर्च कम

स्थानीय तहमा विकास बजेट खर्च कम

गोरखा : गोरखाका स्थानीय तहमा जनप्रतिनिधि आएपछि पनि अपेक्षाकृत विकास बजेट खर्च हुन सकेको छैन। चालु आर्थिक वर्षको छ महिना बितिसक्दा पनि न्युनतम दुईप्रतिशतदेखि बढीमा २५ प्रतिशतसम्म मात्र बजेट खर्च गरेका हुन्। भौगोलिक रुपले बिकट रहेको चुमनुब्री गाउँपालिकाले दुई प्रतिशत मात्र विकास बजेट खर्च गरेको जनाएको छ।

१४ करोड ९६ लाख रुपैयाँ विकास बजेट रहेकोमा हालसम्म ३० लाख रुपैयाँ खर्च भएको निमित्त प्रमुख प्रशाकीय अधिकृत गणेशभक्त त्रिपाठीले बताए। ‘पेश्की दिन रोकेकाले खर्च कम देखिएको हो’, कमजोर प्रगतिको बचाउ गर्दै उनले भने ‘हामीले योजनामा पेश्की पूर्ण रुपमा रोकेका छौं। योजना सम्पन्न भएपछि मात्रै भुक्तानी दिने गरिएकाले खर्च कम देखिएको हो।’

गण्डकी गाउँपालिकाले तुलनात्मक रुपमा बढी विकास बजेट खर्च गरेको छ। गाउँपालिकाले ६ महिनाको अवधिमा २५ प्रतिशत विकास बजेट खर्च गरेको जनाएको छ। १६ करोड ७५ लाख रुपैयाँ पुँजीगत बजेट रहेकोमा ४ करोड २० लाख रुपैयाँ खर्च भएको प्रमुख प्रशाकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिए। ‘हामीले साउनबाटै योजना सम्झौता सुरु ग¥यांै’, उनले भने, ‘भदौबाट योजना कार्यान्वयन सुरु भयो, अहिले धमाधम सम्पन्न गरेर भुक्तानी लिने काम भइरहेको छ।’ चालु आर्थिक वर्षको वैशाखसम्म सबै योजना निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए।

गोरखा नगरपालिकाले विकास बजेटमध्ये करिब २० प्रतिशत खर्च गरेको प्रमुख प्रशाकीय अधिकृत कृष्णकुमारी श्रेष्ठले बताइन्। पालुङटार नगरपालिकाले मंसिर मसान्तसम्म १४ प्रतिशत विकास बजेट खर्च गरेको छ। पुँजीगत तर्फ ३१ करोड ५० लाख रुपैयाँ बजेट रहेकोमा मंसिर मसान्तसम्म ४ करोड ४२ लाख रुपैयाँ मात्रै खर्च भएको प्रमुख प्रशाकीय अधिकृत वीरेन्द्रदेव भारतीले बताए।

सहिद लखन गाउँपालिकाले ६ महिनामा १० प्रतिशत मात्रै विकास बजेट खर्च गरेको प्रमुख प्रशाकीय अधिकृत जीवनबहादुर आले मगरले बताए। १८ करोड ८० लाख ४२ हजार सात सय ६७ रुपंैयाँ विकास बजेट रहेको सो गाउँपालिकाले पुस मसान्तसम्म एक करोड ९० लाख ७४ हजार ८१ रुपैयाँमात्रै खर्च भएको उनको भनाइ छ।

भीमसेन थापा गाउँपालिकाले पुस मसान्तसम्म विकास बजेट ६ प्रतिशत खर्च गरेको छ। पुँजीगत बजेटमध्ये ८५ लाख ८२ हजार रुपैयाँ मात्रै खर्च भएको प्रमुख प्रशाकीय अधिकृत धनेश्वर न्यौपानेले बताए।

आरुघाट गाउँपालिकाले ६ महिनामा विकास बजेट ५.७१ प्रतिशत खर्च गरेको छ। १८ करोड ४१ लाख ६० हजार रुपैयाँ पुँजीगत बजेट रहेकोमा एक करोड ५ लाख १० हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशाकीय अधिकृत एकदेव खनालले जानकारी दिए। धार्चे गाउँपालिकाले भने साउनदेखि मंसिर मसान्तसम्म ४.२७ प्रतिशत मात्र विकास बजेट खर्च गरेको छ। ८ करोड ९३ लाख २६ हजार रुपैयाँ पँुजीगत बजेट रहेकोमा ३८ लाख २३ हजार रुपैंयाँ खर्च भएको प्रमुख प्रशाकीय अधिकृत बाबुराम पाण्डेले जानकारी दिए।

बारपाक सुलिकोट गाउँपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा कुल बजेटको १३ प्रतिशत खर्च गरेको छ। ४४ करोड दुईलाख रुपैंयाँ बजेट रहेकामा पुँजीगत तथा चालु गरी १३.२ प्रतिशत बजेट मात्रै खर्च भएको गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत शिव गुरुङले जानकारी दिए। अजीरकोट गाउँपालिकाको ६ महिनाको पुँजीगत खर्च ८ दशमलब ५९ प्रतिशत छ। १२ करोड ८९ लाख १८ हजार रुपैयाँ पँुजीगत बजेट रहेकोमा एक करोड १० लाख ८३ हजार रुपैयाँ मात्रै खर्च भएको प्रमुख प्रशाकीय अधिकृत युवराज आचार्यले बताए। त्यस्तै सिरानचोक गाउँपालिकाले पनि छ महिनासम्म जम्मा सात प्रतिशत मात्र विकास बजेट खर्च गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.