चिकित्सलाई नै चुनौति, जन्मिने वित्तिकै मृत्यु हुन्छ भनेको शिशु चार महिनासम्म जिवितै
एजेन्सी : अमेरिकाको साउथ क्यारोलिनामा जन्मिएको एक शिशुले चिकित्सकलाई गलत सावित गरेका छन्।चिकित्सकले शिशुको स्वास्थ्यमा जटिल समस्य आएको र जन्मिने वित्तिकै मृत्यु हुनेभन्दै गर्भवती आमालाई गर्भ तुहाउन सल्लाह दिएका थिए।त्यतिबेला शिशु पाँच महिनाका मात्र पुगेका थिए।
चिकित्सकका अनुसार शिशु हात र खुट्टाको विकास नहुने रोगबाट ग्रसित थिए। यस्तो रोग लागेका शिशुको जन्मिने वित्तिकै मृत्यु हुने भन्दै चिकित्सले पहिले नै गर्भ तुहाउन जस्मिन सेल्फ नामककी युवतीलाई सल्लाह दिएका थिए।तर जस्मिनको जोडीले चिकित्सकको सल्लाह मानेन।उल्टै शिशुको जन्म दिने निधो गर्यो।
२९ हप्तामा हात खुट्टाविहीन शिशुको जन्म भयो।तौल १ किलो मात्र ।दुई महिनासम्म इन्टेन्सिव केयर युनिटमा उपचार गरियो।अहिले शिशु ४ महिनाको भएको छ।चिकित्सकले भनेजस्तै हात र खुट्टाविहीन जन्मे पनि बाँच्न भने सफल भएको छ।
२४ वर्षीया जस्मिन सेल्फले ५ महिनाकी गर्भवती हुँदा पेटमा खेल्दै गरेको छोराको स्वास्थ्य अवस्थाबारे थाहा पाएकी पाइन्। पेटमा हुर्कदै गरेको छोराको अवस्थाबारे थाहा पाउँदा उनी आकाशबाट खसेझैं भइन्।रोगले शिशुको मुटु,अनुहारलगायत शरीरका अन्य अंगमा समेत असर गर्दै थियो।
तर उनले हिम्मत हारिनन् बरु जसरी भएपनि छोरालाई जन्म दिने निर्णय गरिन्।सिजरियन विधिबाट छोरालाई जन्म दिइन्। अहिले छोराको रेखदेखमा व्यस्त जस्मिन छोराले चिकित्सकलाई नै चुनौती दिएको भन्दै खुशी छिन्।