हेलिकप्टरबाट सुत्केरीको उद्धार

हेलिकप्टरबाट सुत्केरीको उद्धार

बाजुरा : बाजुराको गौमसल गाउँपालिका १ अन्द्राडीकी एक सुत्केरीको हेलिकप्टरबाट उद्दार गरिएको छ। फागुन २ गते घरमै सुडेनीको भरमा छोरा जन्माएकी २२ वर्षीया अन्जना बोहोराको साल अड्किएपछि हेलिकप्टरबाट उद्धार गरिएको हो। 

एक हप्तादेखि साल अड्किएर बोल्नै नसक्ने भएपछि बुधबार उनलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौंको थापाथलीस्थित प्रसुति गृह लगिएको हो। 

स्वास्थ्य चौकी जान दुई दिन लाग्ने हुँदा उनको उपचार परम्परागत शैलीमा मात्र भएको स्थानीयको भनाइ छ। बोहोरा पहिलो पटक आमा बनेकी हुन्। बोहोराको स्वास्थ्य अवस्थाबारे गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर बोहोरालाई खबर गरेपछि उनको उद्धार भएको हो। 

साल अड्किएपछि अत्याधिक रक्तश्राव हुँदा बोहोरा गम्भीर बनेकी थिइन्।  ‘सुत्केरीको रगत धेरै बगेको छ। दुई दिन भयो बोल्न समेत सकेकी छैनन्’, आफन्त रामबहादुर बोहराले भने। 

सुत्केरी बिरामी भएपछि निराश बनेको परिवार हेलिकप्टरबाट उद्धार भएपछि आशावादी बनेको छ।  ‘हेलिकप्टरले उद्धार गरेपछि आशा बचेको छ’, अर्का आफन्त अर्जुन बोहोराले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.