डीपीएल  : सिवाईसी अत्तरिया फाइनलमा

डीपीएल  : सिवाईसी अत्तरिया फाइनलमा

धनगढी : सीवाईसी अत्तरिया तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। अत्तरियाले बुधबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा काठमाडौं गोल्डेन्सलाई पहिलो क्वालिफायरमा ४१ रनले पराजित गर्दै पहिलो पटक फाइनल प्रवेश गरेको हो।

शनिबार हुने फाइनलमा अत्तरियाले इलिमेटरको विजेता र काठमाडौं गोल्डेन्ससँगको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। टस जितेर ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११० रन बनायो। 

अत्तरियाको तर्फबाट कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए। सन्नी पटेलले २४ बलमा २८ रन बनाए।

सवेन्दु पाण्डे १६, जयकिसन कोल्सावाला १३, जितेन्द्रसिंह ठकुरी ६ र सन्दीप जोरा ३ रनमा आउट भए। ऋत गौतमले रन जोड्न सकेनन्। कमलसिंह ऐरी र भुवन कार्की नट आउट रहे। कार्कीले १ बलमा १ रन जोडे। कमलसिंह ऐरीले १ बल पनि खेल्न पाएनन्। बलिङतर्फ काठमाडौंका अंकित दबास र सूर्य तामाङले २-२ विकेट लिए भने रसिद खान र योगेन्द्रसिंह कार्कीले १-१ विकेट लिए।

१११ रनको लक्ष्य लिएर मैदान उत्रिएको काठमाडौं १८ दशमलव ३ ओभरमा ६९ रनमा अल आउट भयो। काठमाडौंबाट गौरव तोमारले २६ तथा कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्रसिंह कार्कीले ११-११ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन्।

अत्तरियाका सन्नी पटेलले ४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ३ विकेट लिए। यस्तै भुवन कार्की र कमलसिंह ऐरीले २-२ तथा कप्तान दिपेन्द्रसिंह ऐरीले १ विकेट लिए। सन्नी पटेल खेलको म्यान अफ द म्याच भए।

पारजित काठमाडौंले बिहीबार हुने रुपन्देही र महेन्द्रनगर युनाइटेडबीच हुने इलिमिनेटरको विजेतासँग शुक्रबार दोस्रो क्वालिफायर्स खेल्नेछ। मंगलबार भएको लिग चरणको अन्तिम खेलमा अत्तरियाले काठमाडौंलाई ७ विकेटले हराउँदै प्रतियोगिताको शीर्ष स्थानमा रहको थियो भने काठमाडौं दोस्रो स्थानमा रहेको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.