पार्टी विरासतले नचल्ने कुरा देउवाले सिकाउनु पर्दैन : नेता शेखर
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग राजनीतिक संस्कार नभएको दावी गरेका छन् । गत बुधवार वीरगञ्जको एक सार्वजनिक कार्यक्रममा सभापति देउवाले कांग्रेस कोइराला परिवारको ‘बपौती’ नभएको चुनौती दिएपछि पार्टीभित्र कोइराला पक्ष र देउवा पक्षबीच आरोप-प्रत्यारोपको जुहारी चलेको छ । रेडियो अन्नपुर्ण नेपालको दैनिक कार्यक्रम ‘मूलप्रवाह’मा बोल्दै डा. कोइरालाले देउवाले पार्टीलाई उठ्नै नसक्ने गरी कमजोर पारेको आरोप समेत लगाएका छन् ।