बाजुराको बडीमालिका नगरपालिकाको सबै वडामा इन्टनेट

बाजुराको बडीमालिका नगरपालिकाको सबै वडामा इन्टनेट

बाजुरा : बाजुराको बडिमालिका नगरपालिकाको सबै वडामा इन्टरनेट जडान भएको छ । इन्टरनेट जडानपछि वडास्तरमा हुने अनलाइन सेवाबाट दिइने सेवा सुविधामा सजिलो भएको बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाले बताए।

नगरपालिकाबाट प्रदान गरिने सबै सेवा सुविधालाई कागजविहीन बनाउने, वडा र नगरपालिका कार्यालयलाई इन्टेरनेटबाट जोड्ने र शुसासनको अवधारणा अनुरुप डिजिटल प्रविधिबाट काम गर्ने उद्देश्यले सबै वडामा इन्टरनेट जडान भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत हेम थापाले बताए।'पेपरलेस र डिजिटललाइजेसन गर्ने लक्ष्यअनुसार वडामा ई सूचना प्रणाली समेत जडान गर्ने कार्यलाई अगाडि बढाएका छौँ”, थापाले भने।

तीन महिना पहिला इन्टरनेट जडान नहुँदा बडिमालिका नगरपालिका १ का वडाअध्यक्ष रामबहादुर कार्कीलाई नगरपालिकाको सूचना थाहा पाउन नगरपालिकै सधैंजसो नगरपालिका धाउनुपर्थ्यो। नगरपालिका धाउँदा वडाबाट दिने सेवा सुविधाबाट सेवा ग्राही मर्कामा परेका थिए। 

इन्टरनेट जडान पछि भने छिनछिनमा नगरपालिका र वडा बीच सूचना आदानप्रदान सजिलो भएको छ। बडिमालिका नगरपालिकाले सूचना र प्रविधियुक्त नगरपालिका बनाउनका लागि वडा कार्यालयमै इन्टरनेट सेवा सञ्चालनमा ल्याएपछि अहिले सेवा प्रदायक र सेवा ग्राहीको समय बचत भएको छ। 

इन्टरनेट सेवा सञ्चालनमा नआउँदा नगरपालिकामा चिठी आदान-प्रदान गर्नुपर्ने चिठी समयमा नपुग्ने कतै हराउने सूचना समस्या थियो, इन्टरनेटको सेवा सञ्चालन भएपछि वडा कार्यालयमा काम गर्ने वातावरण सहज भएको वडाअध्यक्ष रामबहादुर कार्कीले बताए। नगरपालिकालाई सूचना र प्रविधियुक्त नगरपालिका बनाउन बडिमालिका नगरपालिका ९वटै वडामा इन्टरनेट जडान गरिएको छ। 

बडापालिकाको काममा सहज हुन र इ-बडीमालिका नगरपालिकाको आधारणमा सबै वडामा इन्टरनेट जडान गरिएको बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाले बताए। नगरपालिकाभित्र रहेका शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा वडापालिकाका कर्मचारीको इ-हाजिरी गराउने उद्देश्यले सबै वडामा इन्टरनेटको सुविधा दिइएको नगर प्रमुख बडुवालले बताए । नगर प्रमुख पदम बडुवालले नगरपालिकाका सबै सेवा सुविधालाई कागजविहीन बनाएर विद्युतीय प्रणालीमा लैजाने प्रतिबद्धता अनुसार कार्यालयबाट इ-हाजिरी सुरु गर्ने बताए। 

सबै वडामा रहेका जनताले इन्टरनेट सेवा पाउन काम काजमा सहज तथा वडाअध्यक्षसँग सूचना आदानप्रदान गर्न सजिलो र छिटो काम गर्नका लागि इ-सेवा संचालनमा ल्याएको नगर उप प्रमुख कविता बिष्टले बताइन्।

बडीमालिका नगरपालिकामा कर्मचारीलाई कार्यालय समयमा नियमित गराउन विद्युतीय हाजिरीको व्यवस्था गर्नुका साथै कर्मचारीलाई निर्धारित समयमा कार्यालय आउन र जानका लागि नगर कार्यापालिकाको बैठकले ई-हाजिरी सुरु गर्ने निर्णय गरेको विष्टले जानकारी दिइन्। 

इन्टरनेट सेवाको माध्यायमबाट गरिने वडाका काममा पनि सहज भएको वडा ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए। इन्टरनेट सेवा विस्तार भएसँगै नगरपालिकामा आएर गरिने काम वडामा हुन थालेको वडाअध्यक्ष पाध्यायले बताए। 

सदरमुकामबाट नजिकै रहेर पनि ओझेलमा परेको र नेपाल टेलिकम इन्टरनेट विस्तार गरेकोमा सुगम भएको महसुश गर्दै नगरपालिका २ का वडाअध्यक्ष डम्मर महतले पनी खुसी व्यक्त गरे। वडा कार्यलयसँग विद्यालय स्वास्थ्य संस्थामा समेत इन्टरनेट सेवा सञ्चालनमा ल्याउने तयारी रहेको बडीमालिका नगरपालिकाका सूचना प्रविधि अधिकृत हेम थापाले बताए। बाजुरा जिल्लाका स्थानीय तहमा सबै वडामा पहिलो पटक इन्टरनेट सेवा सञ्चालनमा आएको थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.