करेन्ट लागेर मजदुरको मृत्यु
बिर्तामोड : झापाको कमल गाउँपालिकामा एक मजदुरको घर बनाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।
मंगलबार दिउँसो कमल गाउँपालिका ५ का सूर्यकुमार राईको घर बनाउने क्रममा सुनसरी इनरुवा नगरपालिका ५ का ३० वर्षीय मुसित मंसुरीको मृत्यु भएको हो। घरको टाली काट्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीको भनाइ छ।
करेन्ट लागेर घाइते भएका मंसुरलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता महेन्द्रकुमार श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस !