कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र १५ शैयाको अस्पताल बन्‍ने

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र १५ शैयाको अस्पताल बन्‍ने

बाजुरा : बाजुरा जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र १५ शैयाको अस्पताल बन्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पातल बनाउन निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले जानकारी दिए।

अस्पताल बनेपछि पूर्वी उत्तरी क्षेत्रका एक नगरपालिका तीन गाउँपालिका र छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोट जनतालाई स्वास्थ्य उपचारमा सहज हुने प्रमुख विश्वकर्माले बताए। प्राथमिक स्वास्थ्य केन्द्र अस्पताल बन्ने निर्णयपछि स्थानीय खुशी भएका छन्। सरकारले अस्पातल बनाउने निर्णय निकै स्वागत योग्य रहेको नागरिक अगुवा जनेश भण्डारीले बताए। यसले यो क्षेत्रका बासिन्दालाई ठूलो सहयोग पुग्ने भएको भण्डारीले बताए।

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउनका लागि गत आर्थिक वर्षमा बुढिनन्दा नगरपालिकाले ७ रोपनी जग्गा खरिद गरिसकेको बुढिनन्दा नगरपालिका मेयर पदम गिरीले जनाएको छ। १५ शैया अस्पतालका लागि १३ रोपनी आवश्यक पर्छ ।६ रोपनीका लागि यो वर्ष बजेट छुट्याइसकेको बुढिन्नदा नगरपालिका उप प्रमुख सुष्टि रेग्मिले बताइन्। 'हाम्रो पनि अस्पातल बनाउने लक्ष्य थियो, सरकारले नै निर्णय गर्दा निकै सजिलो भएको रेग्मीले बताइन्। चाँडै नै जग्गा खरिद गरी अस्पातल बनाउने प्रक्रियामा नगरपालिकाको तर्फबाट काम अगाडी बढाउने बताइन्।

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र अस्पातल बन्नेभए पछि बाजुराका ४ स्थानीय तहसहित हुम्ला, मुगु र कालिकोटका ५ स्थानीय तह गरी ९ वटा स्थानीय तहका बासिन्दालाई सहयोग हुने भएको छ। अस्पातल बन्नु बाजुराका लागि मात्र नभई छिमेकी जिल्लाका लागि समेत ठूलो सहयोग हो, सामान्य सेवा लिन पनि जहाज चढनु पर्ने जिल्ला बाहिर जानुपर्ने बाध्यता टर्ने स्थानीय जनम धामीले बताए।

सामान्य उपचारका लागि अहिले जहाजको महंगो भाडा तिरेर नेपालगञ्ज, काठमाडौ जानुपर्ने बाध्यता छ। मन्त्रालयले देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीसहित २ सय १३ स्वास्थ्य संस्थालाई १५ शैयाको अस्पतालमा स्तरोन्ति गर्ने निर्णय गरेको हो।

त्यो निर्णयमा बाजुराको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टि परेको छ। मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. विकास देवकोटाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्र न्यूनतम १५ शैयाको अस्पताल निर्माण गरिसक्नुपर्ने बताएका छन्।

स्तोरउन्नति हुने स्वास्थ्य संस्थामा निर्माण कार्यका लागि नेपाल सरकार र स्थानीय तहको संयुक्त लागत रहने बताइएको छ । देशभरका अहिलेसम्म एक सय ९ स्थानीय तहमा अस्पताल छन् भने ६ सय ४० स्थानमा अस्पताल निर्माण गर्नुपर्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.