अमेरिका-उत्तरकोरिया वार्ता : दुश्मनीदेखि ‘प्रेमपत्र’सम्म
हनोइ : लामो दुश्मनी साँध्दैआएका दुई मुलुक अमेरिका र उत्तर कोरियाका दुई नेता डोनाल्ड ट्रम्प र किम जोङ उनले संसारलाई दंग्याउँदै अन्ततः आफूहरुको दुश्मनी मित्रतामा परिवर्तन गरे ।
भियतनामको हनोइमा भएको ट्रम्प र किमको दोस्रो वार्ता सकारात्मक रुपमा सम्पन्न भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । केही महिनाअघिसम्म मात्रै व्यक्तिगत बनोटकै आधारमा समेत अनेक लान्छना लगाउँदैआएका यी दुई नेताले पछिल्लो वार्ताको क्रममा त ‘प्रेमपत्र’ नै साटासाट गरे । जब कि, अमेरिटी राष्ट्रपति ट्रम्पले यसअघि नै आफूहरु प्रेममा परेको बताइसकेका थिए ।
त्यसो त, वार्तापछि ट्रम्पले पत्रकारहरुलाई आफ्नो सम्बन्ध र मित्रताबारे व्याख्या गरिरहँदा पत्रकारहरु नै हाँसेका थिए । उनले उत्तरकोरियाली नेता किमसँग भेटलाई आफूले धन्य महसुश गरेको र आफूहरुको विशेष सम्बन्ध रहेको प्रतिक्रिया दिए ।
साथै आफूबारे अनुमान र टिप्पणी गलत सावित गरिदिएको उनीहरुको प्रतिक्रिया थियो । वार्तापछि ट्रम्पले ‘भोलि दिनभर हामी पार्टीमा ब्यस्त हुनेछौँ’ भनिरहेको कुरालाई भने मिडियाले उनीहरुबीचको सम्बन्धलाई ‘रोमान्टिक’ रुपमा प्रस्तुत गरिरहेका छन् ।
रोचक त उनीहरुले यो मित्रतालाई ‘प्रेम सम्बन्ध’कै रुपमा व्याख्या र टिप्पणी भएको छ । यसअघि नै ट्रम्पले आफू किमसँग प्रेममा परेको प्रतिक्रिया दिएपछि नै उनीहरुमाथि यस्ता टिप्पणी भएका हुन् । पछिल्लो भेटमा वार्ताले सार्थक रुप पाएपछि ‘प्रेम सम्बन्ध’को रुपमा टिप्पणी भएको हो ।
एवा वोमन युनिभर्सिटीका प्राध्यापक जेस्पर किमका अनुसार उनीहरु दुबै एकअर्कालाई आवस्यक हुन् । महिनौँदेखि प्रतिक्षित यस पटकको वार्तामा उनीहरुबीच परमाणु हतियार निशस्त्रिकरण लगायत विषयमा सहमति भएको बताइएको छ ।