भरतपुर महानगरमा किचलो बढ्यो

भरतपुर महानगरमा किचलो बढ्यो

भरतपुर : भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीबीच किचलो बढ्दै गएको छ। उनीहरू आरोप–प्रत्यारोप लगाउन व्यस्त छन्। चुनावी गठबन्धनबाट निर्वाचित दुवै जनाको अन्तद्र्वन्द्व झन् बढेको छ। एकअर्काको कमजोरी औंल्याउँदै गएपछि उनीहरू बीचको मतभिन्नता चुलिँदै गएको छ।

शाहले आफ्ना अधिकार खोसिएको गुनासोसहित मेयरले महानगरमा एकलौटी गरेको आरोप लगाउँदा त्यसलाई प्रमाणित गर्न चुनौती दिएकी छन्। महानगरपालिकाको कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरेर दाहालले उल्टै शाहमाथि आरोप लगाइन्। नियमित पत्रकार सम्मेलन भनिए पनि अधिकांश समय उपमेयरले लगाएको आरोपको खण्डन गर्न दाहालले समय खर्चिएकी थिइन्। कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि भने त्यसमा सहभागी थिएनन्। प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीको विषयलाई लिएर विवाद चर्किएको हो।

राजधानीमा पत्रकार सम्मेलन गरेकी शाहले मेयरको कमजोरी भन्दै टिप्पणी गरेकी थिइन्। उपप्रमुख ठकुरीले महानगरपालिकामा आर्थिक अनियमितता मौलाएको बताएकी थिइन्। १२ बुँदासहित महानगरमा भएका विवादबारे बताएकी छन्। महानगरमा समिति गठन नै नगरी आर्थिक, जिन्सीलगायत काम गरिएको उप्रमुख शाहको भनाइ छ। लेखा समिति गठन नगरेर अनियमितता गरेको र जिन्सी समिति गठन नगरिएको उल्लेख गरेकी छन्। महत्त्वपूर्ण समिति गठन गर्दा एकलौटी गरिएको र राजनीतिक आस्थाका आधारमा कर्मचारीमा विभेद गरेको आरोप लगाएकी छन्। कार्यपालिका बैठकमा प्रमुखले एकलौटी एजेन्डा ल्याउने गरेको र त्यसमा फरक मत राख्दा पेलेर जाने गरेको उनको भनाइ छ।

दाहालले प्रेस विज्ञप्ति जारी गरी उपप्रमुखले व्यक्त गरेका विषयप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्। उनले अनियमितता, एकलौटी गरेको आरोप आधारहीन भएको भन्दै प्रमाणित गर्न चुनौती दिएकी छन्। ‘अनियमितता गरेको एउटै आरोप मेरा लागि काफी छ, जुन प्रमाणित गरेर देखाउन हामीमाथि आरोप लगाउनेलाई चुनौती दिन्छु’, दाहालले भनिन्, ‘डेढ वर्ष सँगै हिँड्ने, अहिले एकपक्षीय आरोप लागएर मिडियाबाजी गर्ने छुट हुन्छ ? ’ उनले व्यक्तिगत स्वार्थ छाडेर महानगरको विकास र जनताको भावनाअनुसार जिम्मेवारी निर्वाह गर्न आग्रह गरिन्।

प्रमुख दाहालले भने उपप्रमुखले लगाएको आरोपको बुँदागत खण्डन गरिन्। तर, महानगरको आन्तरिक विषयलाई बाहिर लगिएको भन्दै प्रमुख दाहालले आपत्ति जनाइन्। उक्त आरोपको मेयर दाहालले कडा शब्दमा खण्डन गरिन्। आफूमाथि गलत आरोप लगाएर चरित्रहत्या गर्न खाजेको मेयरको आरोप छ। परिवारका सदस्यलाई जागिर नदिएको हुनाले विवाद निकालेको दाहालले बताइन्।

उपप्रमुख शाहले घरभित्रै समाधान खोज्दा सुनुवाइ नभएपछि आफू बाहिर आएको बताइन्। आफूले चाहेर मात्रै संवाद सम्भव नभएपछि विवाद बाहिर आएको उनको भनाइ छ। उनले भनिन्, ‘म मिलेर जाने पक्षमै हो तर बसेर कहिल्यै संवाद गर्न नखोज्दा यो स्थिति आएको हो।’

स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट प्रचण्डपुत्री दाहाल मेयरमा र शाह उपमेयरमा निर्वाचित भएका थिए। त्यसबेला गरिएको चुनावी सभामा महानगरको समृद्ध सपनाको जिम्मेवारी दुई दिदीबहिनीलाई दिन भन्दै मतदातालाई आह्वान गरेका थिए। पार्टी एकताभन्दा अघि रहेको नेकपा एमालेले धाँधली गरेको भन्दै तीव्र विरोध गर्दै निर्वाचित जनप्रतिनिधिले मेयरबाट शपथग्रहण अस्वीकार गरेका थिए।

भरतपुरमा देखिएको किचलो राजनीतिक विवाद भएकाले राजनीतिक रूपमा समाधान गर्नुपर्ने कांग्रेस चितवनका सचिव उत्तम जोशीले बताए। विकास निर्माणमा कांग्रेस बाधक नभएको भन्दै जोशीले सबैको अपनत्व हुने खालको वातावरण सिर्जना नभएको बताए। ‘अहिले देखिएको किचलो राजनीतिक तवरको छ,’ उनले भने, ‘यसलाई त्यहीअनुसार निराकरण होस् भन्ने हो।’ नेकपाका नेता यमबहादुर परियारले राजनीतिक मुद्दा नभएको बताए। उनले आवश्यक परे दुई दलका नेता बसेर सहजीकरण गर्न सकिने धारणा व्यक्त गरे। ‘ विवाद देखिएपछि सबैतिर चासो हुनु स्वाभाविक हो’, परियारले भने, ‘राजनीतिक मुद्दामा कांग्रेससँगको समन्वय भइरहेकै छ, आवश्यक परे दुई दल बसेर सहजीकरण गर्न सकिन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.