सडक आन्दोलनबाटै हिन्दु राष्ट्र स्थापना : कमल थापा

सडक आन्दोलनबाटै हिन्दु राष्ट्र स्थापना : कमल थापा

दमक : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने चेतावनी दिएका छन्। अधिकांश जनता हिन्दु राष्ट्रको पक्षमा रहे पनि शीर्ष दलले जबरजस्ती पेलेर धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको थापाले आरोप छ।

पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियान अन्र्तगत शुक्रबार मोरङको उर्लाबारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिन्दु राष्ट्र स्थापनाका लागि सडक संघर्ष बाहेक अन्य विकल्प नरहेको बताएका हुन्।
 

संसदमा आफ्नो पार्टीको बहुमत नरहेकाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गरिने उनको भनाइ छ। अध्यक्ष थापाले मुलुकमा हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने, संघीयताका विषयमा राष्ट्रिय जनमत संग्रह गर्नुपर्ने लगायतका २२ बुँदे माग राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको जानकारी दिए। 
उनले आफूहरुले राखेको माग फागुन मसान्तभित्र पूरा नभए चैतदेखि देशव्यापी संघर्षमा उत्रने र हिन्दु राष्ट्र घोषणा गर्न सरकारलाई बाध्य बनाउने चेतावनी दिए। 

अध्यक्ष थापाले फरक प्रसंगमा सार्वजनिक पदमा बसेका सबै उच्च व्यक्तिको सम्पत्ति छानविन गर्नुपर्ने माग गरेका छन्। ‘२०४७ सालयता सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गरिनुपर्छ’, उनले भने। 

थापाले वाइडबडी विमान प्रकरण र एनेसल करका विषयमा छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरे। बुधबार ताप्लेजुङबाट सुरु भएको राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा शुक्रबार मोरङको उर्लाबारीबाट रतुवामाई, रङ्गेली हुँदै विराटनगर पुग्दै छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.