सूर्ती तस्करीमा संलग्न दुई पक्राउ

सूर्ती तस्करीमा संलग्न दुई पक्राउ

विराटनगर : भारतबाट नेपालतर्फ तस्करी गर्ने धन्दामा संलग्न दुई जनालाई प्रहरीले शुक्रबार विराटनगर महानगरपालिका-१६ दरैया बस्तीबाट पक्राउ गरेको छ।
 
विराटनगर- ११ का २२ वर्षीय पप्पु कामत र विराटनगर-६ का २२ वर्षीय कृपानन्द चौधरीलाई इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर इन्द्रबहादुर रानाको नेतृत्वमा खटिएको प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो। पक्राउ परेकाको साथबाट ठूलो परिणामको सूर्ती र सूर्ती तस्करीमा प्रयोग गरिएको को २२ प २८५२ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार प्रहरीको उच्च निगरानीकै कारण तस्करीमा संलग्न पक्राउ परेको दाबी गरे। 

उनका अनुसार नेपाल र सशस्त्र प्रहरीको समन्वयमा नेपालतर्फ आउने सवारी साधन, मानिसमाथि चेकजाँच बढाइएको छ। 

प्रहरीले बरामद गरेको पाँच सय २० पोका सूर्ती, मोटरसाइकल र पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका विराटनगर भन्सार कार्यालयमा बुझाएको छ। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.