डोल्पामा नगर र एजेन्टको विवादले बालबालिकाले किताब पाएनन्
डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका र एजेन्टबीच विवाद हुँदा नगरपालिकाका बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन्। शैक्षिक सत्र सुरु भएको दुई साता बितिसक्दा पनि दुईपक्ष बीचको विवादको जिल्लामा पुगेका किताब बितरण नहुँदा बालबालिका समस्यामा परेका हुन्।
त्रिपूरा सुन्दरी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत हिराचन्द्र धरला र किताब वितरक पूर्णकेशर न्यौपाने बीचको आपसी विवादका बढेकोले किताब वितरण नभएको हो।
नगरपालिका भित्रका विद्यालयमा किताब ढुवानी गर्ने जिम्मेवारी पाएका सृष्टि एण्ड स्मृति स्टेशनरी सप्लायर्सका प्रोप्रराइटर पूर्णकेशर न्यौपानेलले आफूलाई कांग्रेसी समर्थक भन्दै पाठ्पुस्तक एजेन्टबाट हटाउने चलखेल नगरले गरेको आरोप लगाए।
फागुनको १ गतेबाटै डोल्पामा शैक्षिक सत्र सुरु भइ विद्यालय खुले पनि त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतका वडा ७, ८, १ र २ मा रहेका १८ विद्यालयका झण्डै १ हजार ५ सय बालबालिकाको हातमा पाठ्यपुस्तक पुगेकका छैनन्।
बिस्तारै पाठ्पुस्तक वितरकबाट हटाउने हिसावले मेरो विद्यालय क्षेत्र खुम्च्याउँदै लैजाने नियतले विगतमा ढुवानी गरिँदै आएको पहाडा क्षेत्रका ८ ओटा विद्यालयको सिफारिस नगरले दिन नमाने पनि जनक शिक्षा सामाग्री केन्द्रबाट विश्वासको आधारमा सबैभन्दा पहिले पाठ्यपुस्तक ल्याइ पुर्याएको न्यौपानको दावी छ।
निमित्त कार्यकारी अधिकृत धरलाले भने सबैलाई मिलाएर पाठ्पुस्तक ढुवानी गर्ने जिम्मेवारी दिँदा सहज र छिटो जिल्लामा पाठ्पुस्तक पुग्न सक्छ भनेर मनोज बोहरा र पूर्णकेशर न्यौपानेलाई विद्यालय बाँडिएको, कुनै पनि राजनीतिक पूर्वाग्रह राखेर त्यसो नगरिएको बताए।
पाठ्यपुस्तक जिल्लमा समयमै पुर्याए पनि नगरले सिफरिस नगरेका विद्यालयका किताबहरुको भुक्ततानी रोक्का गर्ने निमिक्त कार्यकारी धरलाले बताएपछि आफूले किताब वितरण नगरेर थन्क्याएको वितरक न्यौपानेले जानकारी दिए।
त्रिपूरासुन्दरी नगरपालिकाका १८ विद्यालयका १५ सय बालबालिकाको लागि १ देखि १० कक्षासम्मका १२ सय थान पाठ्यपुस्तक स्थानीय एजेन्टाले जिल्लामा ल्याइसकेका छन्। जिल्लाका अधिकांश विद्यालयका पाठ्यपुस्तक खरिद भइसकेको, केहि जिल्लामा पुगेको र केहि आउँदै गरेको शिक्षा विकास तथा समन्वय इकाइले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !