लागुऔषधसहित दुई पक्राउ
बिर्तामोड : झापाको अर्जुनधारा नगरपालिका- ९ गोल्धापबाट लागुऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। शनिबार राति इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ८ प ९४२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले ब्राउन सुगरसहित अर्जुनधारा नगरपालिका- ८ का घनश्याम साह र प्रकाश राजवंशीलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट लुपिजेसिक २०, फेनारगन २० र डाइजेपाम २० एम्पुल गरी जम्मा ६० एम्पुल लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
लागु औषधसहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस !