रोकेशको ‘म सक्दिनँ’ बजारमा
काठमाडौं : गायक रोकेश गुरुङको म्युजिक भिडियो ‘म सक्दिनँ’ बजारमा आएको छ । यो गीत उनको छिट्टै आउने एल्बम ‘माया’मा समावेश छ । गायक स्वयंद्वारा लिखित एवं निर्देशित उक्त गीत दिवस गुरुङले एरेन्ज गरेका हुन् । त्यसमा सुरेन्द्रमान सिंहले कलरिङ गरेका छन् । ब्याक भोकल रेन्जी शेर्पाको छ ।
गायक गुरुङले उक्त गीत प्रेमिका गुमाएका प्र्रेमीप्रति समर्पण गरेका छन् । यो दुःखान्त गीत एउटा प्रेमीले क्यान्सरका कारण जीवनका अन्तिम दिनहरू बिताइरहेकी आफ्नी प्रेमिकाका लागि गाएका हुन् । न्युयोर्कमा बस्दै आएका गुरुङ काठमाडौं इन्टरटेनमेन्टका संस्थापक हुन् । उनी गायन, संगीत, लेखनमा रुचि राख्छन् । मिनेसोटाबाट एमबीए गरेका उनी न्युयोर्क जानुपूर्व नेपाल विद्यार्थी मञ्चका अध्यक्षसमेत थिए ।
लुक्सो कम्पनीमा कार्यरत उनी मनाङ समाज अमेरिकाका अध्यक्ष छन् । उनी नेपाली डीजेका रूपमा चर्चित छन् । उनले थुपै्र कार्यक्रम प्रस्तुत गरिसकेका छन् । उनी गिटारिस्टका रूपमा अमेरिकामा फिरोज स्याङ्देन, एड्रियन प्रधान, नरेन लिम्बू, दिवस गुरुङका कार्यक्रममा सहभागी भएका छन् । उनी कुकुरलाई धेरै माया गर्छन् । उनले काठमाडौंमा दुई सयभन्दा बढी कुुकुर पालेको संस्थालाई सहयोग गरेका छन् ।
गायक गुरुङले जोयश श्रेष्ठ, लिशा श्रेष्ठ, दिवस गुरुङ, सुरेन्द्रमान सिंह, डिकेश प्रजापति, सन्जिला दुलाल, कुंगा छेमी, छिरिङ लामा, सीता गुरुङ, रेन्जी शेर्पा, टासी गुरुङ, राजेश खड्गी, एलेक्स, कर्मा तेन्जिङ, गीता गुरुङ, डकिनी, केटीएम इन्टरटेनमेन्ट, लुक्सोलाई धन्यवाद दिएका छन् ।