गवारोले कफी उत्पादनमा ह्रास

गवारोले कफी उत्पादनमा ह्रास

सन्धिखर्क : कफीका बोट गवारो कीराले खाएपछि अर्घाखाँचीमा कफी उत्पादन घटेको छ। सहजै बिक्री हुने, राम्रो आम्दानी र सजिलै खेती गर्न सकिने भएकाले कफीखेतीमा किसानको आकर्षण छ। तर, गवारो कीराको प्रकोपले उत्पादन घटेपछि किसान अहिले निराश छन्।

तीन वर्षअघि अर्घाखाँचीमा वार्षिक १८ टन कफी उत्पादन भएको थियो। गत वर्षको उत्पादन जम्मा ६ टनमात्रै छ। गवारोले कफीका बोट मरेपछि गत वर्ष उत्पादन घटेर ६ टनमा झरेको जिल्ला कफी व्यवसायी संघका कोषाध्यक्ष पुस्करनाथ बन्जाडेले बताए।

उत्कृष्ट ब्रान्ड पाएको अर्घाखाँचीको कफीमा पछिल्लो तीन वर्षदेखि उप्पादनमा कमी आएको हो। गवारो कीराले कफीका बोटमा आक्रमण गरी ध्वस्त पारेपछि पकेट क्षेत्रका रूपमा रहेका किमडाँडा, ठूलापोखरा, वाङला, बल्कोट, धारापानीमा उप्पादन घटेको छ।

अर्घाखाँचीमा ०५८ सालदेखि कफी व्यवसायी संघ स्थापना गरी व्यावसायिक रूपमा व्यवसाय सुरु गरिएको हो। ०६०/६१ मा जिल्लाका तत्कालीन १८ गाविस किमडाँडा, ठूलापोखरा, वाङला, बल्कोट, धारापानी, छत्रगन्ज, केरुंगा, डिभर्ना, मैदान, पटौटी, ठाडा, जुकेना, अर्घा, खिल्जी, असुरकोट, ढिकुरा, खाँचीकोटमा ४१ समूह गठन गरी एक हजार एक सय ६५ सदस्य निर्माण गरिएको बजान्डेले बताए। अर्घाखाँचीमा उत्पादन भएको अर्गानिक र पार्चमेन्ट कफी कोरिया, अमेरिका र जापान निर्यात भएको छ। जिल्ला कफी व्यवसायी संघले सघाइदिएपछि नेपाली कफीको विदेशमा बजारीकरण हुँदै आएको हो।

नेपाली कफीको माग बढ्दै गएकाले कफी खेतीलाई व्यवस्थित गरी उत्पादनमा वृद्धितर्फ किसान लागेका छन्। अहिले १.०९ हेक्टर जमिनमा कफी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ। गवारो कीरा नियन्त्रणका लागि प्रयास भइरहेको जिल्ला कृषि ज्ञान केन्द्रका थीरलाल गैरेले बताए।

यस वर्ष पनि गत वर्षको हाराहारीमै कफी उत्पादन हुने अपेक्षा गरिएको छ। पूर्ण रूपमा गवारो नियन्त्रण नभए पनि भाउ राम्रो पाएपछि कृषक उत्साहित रहेको उनको भनाइ छ। कफीका लागि छहारी व्यवस्थापन र गबारो नियन्त्रणसम्बन्धी सीप सिकाउन सरकार तथा कुनै संघसंस्थाले पहल गरे कृषकलाई ठूलो राहत हुने ठूलापोखराका कृषक कृष्णप्रसाद पाण्डेले बताए।

कफी उत्पादन दुई वर्षदेखि घट्दै गएको र कफीका बिरुवा लगाउ“दा कृषकले छहारीमा लगाउनुको सट्टा नांगो जमिनमा लगाउ“दा गवारो लाग्ने सम्भावना बढी हुने कफी सुपर जोनका प्रमुख उमानाथ भण्डारीले बताए। अर्घाखाँचीमा उत्पादन भएको कफी कोरिया, जापान, अमेरिकालगायत देशमा बिक्री भइरहेको छ। समुन्द्री सतहदेखि ८ सय मिटरको उचाइमा हुने कफी बढी स्वादीलो हुने भएपछि अर्घाखाँचीको कफीले अन्तर्राष्ट्रिय बजारमा राम्रो बजार पाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.