अन्नपूर्ण पोस्ट् ग्राहक योजनाको मोटरसाइकल हरिमायालाई

अन्नपूर्ण पोस्ट् ग्राहक योजनाको मोटरसाइकल हरिमायालाई

भरतपुर : अन्नपूर्ण पोस्ट् दैनिकको ग्राहक बनेकी भरतपुरकी हरिमाया पराजुलीले मोटरसाइकल जितेकी छन्। अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक योजनाअन्तर्गत ३ नम्बर प्रदेश भरतपुर ब्यूरो कार्यालयमा गरिएको लक्‍की ड्रबाट पराजुलीले टिभीएसको स्ट्राइकर मोटरसाइकल जितेकी हुन्।

मासिक लक्‍की ड्रबाट उनले मोटरसाइकल जितेकी हुन्।उद्योग वाणिज्य संघ चितवनकाअध्यक्ष सहनलाल प्रधानले लक्की ड्र विजेताको घोषण गरे। प्रधानले विजेतालाई बधाई दिँदै अन्नपूर्ण दैनिकले समाजमा खेलेको भूमिकाको प्रंशसा गरे। उनले व्यावसायिकताका लागि अन्नपूर्णले प्रभावकारी भूमिका खेलेको बताए।  

अन्नपूर्ण पोस्ट्ले देशभर सञ्चालन गरेको 'अन्नपूर्ण पोस्ट् उज्ज्वल भविष्यःउपहार जितिन्छ अवश्य' वार्षिक ग्राहक योजनाअन्तर्गत लक्की ड्र गरिएको भरतपुर वितरण विभागका प्रमुख अनिल रेग्मीले बताए। लक्की ड्रमा रसिद नम्बर १०१०३ नम्बरको  ग्राहक पराजुलीले मोटरसाइकलहात पारेकी हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.