प्रहरीले छापा मार्ने क्रममा भाग्दा विप्लवका कार्यकर्ता घाइते

प्रहरीले छापा मार्ने क्रममा भाग्दा विप्लवका कार्यकर्ता घाइते

तौलिहवा : कपिलवस्तुको शिवगढीमा प्रहरीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको घरमा छापा मारेको छ। बिहीबार बिहान प्रहरीले नेकपाका कार्यकर्ताको घरमा छापा मारेको हो। छापा मार्ने क्रममा नेकपाका कार्यकर्ताको घरबाट केही हतियार बरामद गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतम पुडासैनीका अनुसार प्रहरीले नेकपाका कार्यकर्ताको घरबाट एसएमजी दुईथान र चाइनिज पेस्तोल एकथान बरामद गरेको छ।यी हतियार कसको घरबाट बरामद गरिएको प्रहरी उपरीक्षक पुडासैनीले खुलाउन चाहेनन्।

छापा मार्ने क्रममा भाग्न खोज्दा एकजना विप्लव कार्यकर्ता घाइते भएको पनि प्रहरीले जनाएको छ। शिवराज नगरपालिका -९ शिवगढी तुरुन्तपुरका दुर्गाबहादुर रोक्का घाइते भएको र उनको बुटबलको एक अस्पतालमा उपचार भैरहेको प्रहरी उपरीक्षक पुडासैनीले पृष्टि गरे। 

विशेष स्रोतका अनुसार घटना बिहान ३ बजेको भएको हो।एका बिहानै सुरक्षाकर्मी शिवगढीका विभिन्न स्थानमा छापा मार्न गएका थिए। नेत्र विक्रम चन्द (विप्लव) को बलियो पकड भनिएको शिवगढीमा नेकपाका शीर्ष नेताहरु बसोबास गर्दै आएका छन्।

प्रहरीले नेकपा कपिलवस्तुका प्रभावशाली नेताको घरमा छापा मारेको बताइएको छ। प्रहरीले तुरुन्तपुरका दुर्गाबहादुर रोक्काका घरमा छापा मार्ने क्रममा उनी भागेको र भाग्न खोज्दा जवाफी फाइरिङ गरेको प्रहरी बताउँछन्। तर, त्यस क्षेत्रका स्थानीयले प्रहरीले फायरिङ नगरेको दाबी गर्छन्।

नेकपा नेता घाइते भएको आधिकारिक पृष्टि प्रहरीले बिहीबार दिउँसो १२ बजे मात्र गरेको छ। अन्नपूर्ण पोस्ट्सँग कुराकानी गर्दै प्रहरी उपरीक्षक पुडासैनीले एकजना विप्लवका कार्यकर्ता घाइते भएको र उनको बुटवलमा उपचार भैरहेको बताए।

तुरुन्तपुरबाट छापा हान्दै प्रहरी यादव चन्दको घर बानिँयाभारमा आएको थियो। बिहान ८ बजे चन्दको घरमा छापा मार्दा झडपको सिर्जना भएको थियो। चन्द विप्लवका भतिजा हुन्। एकाबिहानै तुरुन्तपुरमा छापा मार्दा स्थानीयबासीले कुनै पत्तो पाएका थिएनन्। तर, चन्दको घरमा खानतलासी गर्दा सयौं सर्वसाधारण प्रहरीमाथि खनिएका थिए। प्रहरीमाथि स्थानीय खनिदा दुईजना प्रहरी जवान सामान्य घाइते भएका छन्।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक उपाध्यायका अनुसार घाइते हुनेहरुमा अमर वली र पुतली चौधरी छन्। शान्तिपूर्वक रुपमा आफ्नो काम गरिरहँदा स्थानीयबासी ढुङ्गामुढामा उत्रिएको प्रहरीले जनाएको छ। यादव चन्द स्थानीय एक विद्यालयका शिक्षक पनि हुन्। नेकपा समिर्थत अखिल नेपाल शिक्षक संगठनका उनी जिल्ला सचिव हुन्।चन्दको घरमा प्रहरी परिचालित भएपछि विद्यार्थी प्रहरीमाथि उत्रिएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.