राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं : पेशागत सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रेका सामूदायिक विद्यालयका राहत कोटाका शिक्षक, बाल विकास सहयोगी कार्यकर्ता र सरकारबीच सहमति भएको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको वार्तामा सहमति जुटेपछि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रेका शिक्षकहरु पढाउन फर्किन सहमत भएका छन् ।

वार्ताको क्रममा राहत कोटामा नियुक्त भएका शिक्षक र वाल विकास केन्द्रमा सहयोगी कार्यकर्ताकारुपमा कार्यरत शिक्षकलाई निश्चित मापदण्डको आधारमा दरबन्दीमा परिणत गर्ने र तोकिए बमोजिम आन्तरिक तथा खुल्ला प्रतिस्पर्धामा सहभागी गराउने सहमति भएको छ । यो सँगै उनीहरुबीच तीन बुँदे सहमति भएको छ ।

मुलुकभर प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा समेत गरेर ४० हजारको हाराहारीमा राहत शिक्षक कार्यरत छन् । सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरवन्दीको सिर्जना गरेर विद्यार्थी भएका विद्यालयमा राहत कोटामा शिक्षक नियुक्त गरेको थियो । अहिले तीनै शिक्षकले आफूहरुलाई स्वत दरवन्दीमा रुपान्तरा गर्नुपर्ने र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् ।

आफूहरुको माग विपरित शिक्षा मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउन लागेको भन्दै उनीहरु लामो समयदेखि आन्दोलनमा छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.