बाजुरामा बडीमालिका सांस्कृतिक महोत्सव सुरु

बाजुरामा बडीमालिका सांस्कृतिक महोत्सव सुरु

बाजुरा : जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार र पर्वद्धन गर्न सदरमुकाम मार्तडीमा प्रथम बडीमालिका सांस्कृतिक महोत्सव बिहीवारदेखि सुरु भएको छ । 

प्रथम बडीमालिका सांस्कृतिक कार्यक्रमले बाजुराली जनतामा पनि उत्साह ल्याएको छ । महोत्सवको सांस्कृतिक कार्यक्रमले बाजुराली जनतालाई मनोरन्जन दिनुका साथै पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउन कार्यक्रम गरिएको बडिमालिका सांस्कृतिक कला केन्द्रका अध्यक्ष धनबहादुर विकले बताए । 

बाजुराको कला संस्कृति जगेर्ना, पर्यटन प्रर्वद्धन गर्न बडीमालिका सांस्कृतिक कला केन्द्र मार्तडी बाजुराको आयोजना र ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालि तथा वान वे फिल्मस प्रालि काठमाडौँको सह–आयोजनामा महोत्सव सुरु भएको प्रचार प्रसार समिति संयोजक मदन विकले बताएका छन् । 

बिहीबारदेखि सुरु महोत्सव तीन दिनसम्म संचालन गरिने बिकले बताए । कार्यक्रममा नेपालकै चर्चित कलाकारहरु टंक बुढाथोकी, दुर्गेश थापा, मेक्सम खाती, गोपाल नेपाल जिएम, टंक तिमिल्सेना, प्रमोद डिजी, अशोक दर्जी, एआर बुढाथोकी, मधुसुदन डाँगी, सुनिल बिसी, गायिका अमृता लामिछाने, मोडल पुजन घिमिरे, देव गुुरुङ्ग र विनु शाक्यले प्रस्तुति दिने भएका छन् । 

त्यस्तै स्थानीय कलाकारहरु प्रकाश थापा, नरबहादुर विश्वकर्मा चर्चित डान्सर राजेश पायल विक र निशान्त रोकायालगायतको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । 

स्थानीयहरुले भोटे सेलो, भुवा चाली, देउडागीत, अनन्ते लगायत सांस्कृतिक झाँकीहरु कार्यक्रममा प्रस्तुति गरिने बडीमालिका सांस्कृतिक कला केन्द्रका अध्यक्ष धनबहादुर विकले बताए । 

आज पहिलो दिन स्थानीय कलाकारका प्रस्तुतीका साथै टंक तिमिल्सेना, गोपाल जिएम नेपाल, सुनिल बिसी, मधुसुदन डाँगी लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुती थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.