पाशुपतमा ‘थाली’ सेट

पाशुपतमा ‘थाली’ सेट

इन्डियन खाना ‘थाली’ सेट नेपालमा पनि रोजाइमा छ। थकाली खाना सेटजस्तै थाली सेट पनि नेपालीले मन पराउन थालेका हुन्। खानाका पारखीलाई नयाँ टेस्ट दिन पशुपतिको पूर्वी गेटमा ‘कैलाशा फुड एन्ड स्विटस्’ले शाकाहारी थाली सेटलाई अघि सारेको यसका सीईओ अमोल वैद्य बताउँछन्।

रेस्टुरेन्टमा थाली र कैलाशा स्पेसल थाली गरी दुई किसिमका सेट उपलब्ध छन्। थाली सेटमा प्लेन राइस, नान, मिक्स भेज करी, पनिर बटर मसला, दाल मक्खनी, चना मसला आदि परिकार छन्। त्यस्तै स्पेसल थालीमा लछ्छा पराठा, जीरा राइस, दाल मखनी, पालक पनिर, मिक्स भेज करी, भिन्डी मसला, मलाई कोफ्ताजस्ता परिकार छन्। साथै शाकाहारी खानाका अन्य परिकार पनि कैलाशमा पाइन्छ। पाशुपत क्षेत्र वरपर मांसाहारी खाना नचल्ने भएकाले पनि शाकाहारी इन्डियन खानाको थिम ल्याएको उनले बताए।

कैलाशाले खानामा मात्र होइन, भक्तजनलाई पाशुपत क्षेत्रमा लामो समय टिकाइराख्न विभिन्न उपाय अपनाएका छन्। ‘पहिले पाशुपत क्षेत्र भन्नेबित्तिकै मन्दिरमात्र सोचिन्थ्यो’, उनले भने’, ‘पशुपतिमा धेरै नयाँ कुराको अनुभूति लिन सकिन्छ।’ कैलाशा कुटी इन होटेल हो र कैलाशा रेस्टुरेन्ट एकै ठाउँमा भएकाले टाढाबाट पशुपतिनाथको दर्शन गर्न आउनेले दिनमा जात्रा र रातमा आरतीको मज्जा लिन पाउने उनले बताए। यसमा नवीन जोशी र गोविन्द श्रेष्ठको समेत लगानी छ।

वैद्य त्यहीँका रैथाने भएकाले पनि यही क्षेत्रलाई प्रमोट गर्न उनी लगायतको टिमले कैलाशा होटल र रेस्टुरेन्ट खोलेका रहेछन्। पशुपतिमा लाख बत्ती बाल्ने र क्याट्रिङको सुविधा पनि कैलाशाले दिएको छ। नेवारी टिपिकल शैलीमा बाहिरी आवरण तयार पारिएको कैलाशा रेस्टुरेन्टका भित्री कोठाहरू निकै सफा छन्। रेस्टुरेन्ट र होटलका भित्ता विभिन्न पेन्टिङले सजाइएको छ। भविष्यमा योगा र प्रवचनको पनि व्यवस्था गर्ने तयारीमा कैलाश छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.