तातोपानीमा नुहाउन देउवा-पौडेल सँगसँगै

तातोपानीमा नुहाउन देउवा-पौडेल सँगसँगै

बेनी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मासहितका नेताहरुले बेनी नगरपालिका ४ मा रहेको प्राकृतिक तातोपानी कुण्डको अवलोकन र स्नान गरेका छन् । हेलिकप्टर मार्फत तातोपानी पुगेका उनीहरुले शनिबार त्यहाँ स्नान गरेका हुन्।

तातोपानीमा स्नान गरेपछि सभापति देउवाले तातोपानी कुण्डको पानी आफूले सुनेको भन्दा धेरै तातो भएको प्रतिक्रिया दिए। 

तातोपानी कुण्डको पर्यटकीय सम्भावना उच्च रहेको बताउँदै उनले भने, ‘यो तातोपानी कुण्डको धेरै पर्यटकीय सम्भावना छ। यसलाई अझै व्यवस्थित र प्रचारप्रसार गरेर पर्यटन प्रर्वद्धन गर्नुपर्छ ।'

अर्का नेता पौडेलले तातोपानी कुण्डको बारेमा धेरै चर्चा भएको सुनेर कस्तो रहेछ भनेर अनुभवका लागि स्नान गरेको बताए । उनीहरुले म्याग्दी नदीको किनारमा रहेको तातोपानी कुण्डको विकासमा सहयोग गर्ने प्रतिवद्धता पनि जनाए। 

जमिनभित्रबाट बिरेनुनको गन्धमा ५० डिग्री तापक्रममा निस्कने तातोपानी कुण्डमा स्नान गरेमा चोट पटक लागेको, ग्यास्ट्रिक गानो गोला, बज्रिएको, सुन्निएको लगायतका स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । 

गत कात्तिकमा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा प्राकृतिक उपचारका लागि परिवारसहित तातोपानी कुण्डमा स्नान गर्न आएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.