देउवाको चेतावनी : 'कम्युनिस्ट फाल्न आन्दोलन गर्न नपरोस्'

देउवाको चेतावनी : 'कम्युनिस्ट फाल्न आन्दोलन गर्न नपरोस्'

बेनी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कार्यशैली नसुधारे कम्युनिस्ट विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

नेपाली कांग्रेस म्याग्दीको कार्यालय भवन उद्घाटनका लागि शनिबार बेनी आएका सभापति देउवाले सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै कम्युनिस्ट फाल्न आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

‘हामीले सात सालमा राणा फाल्न, २०४७ सालमा पञ्चायत फाल्न र २०६२/६३ मा राजतन्त्र फाल्न आन्दोलनको नेतृत्व गर्‍यौँ’, देउवाले भने ‘संसदीय व्यवस्था, प्रजातान्त्रिक अधिकारमा हस्तक्षेप र सुशासन तथा सुरक्षामा यस्तै ब्यवहार देखाउने हो भने फेरि एकपटक कम्प्युनिस्ट फाल्न आन्दोलन गर्नु नपरोस्।’

दुई तिहाई बहुमत भएपनि सरकारले एउटा पनि देखाउन लायक काम गर्न नसकेको देउवाले टिप्पणी गरे। ‘देशमा हत्या, हिंसा र असुरक्षा बढेको छ’, देउवाले भने ‘अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप गर्न खोजेको छ। वाइडबडी, सुनकाण्ड जस्ता ठूला भ्रष्टाचार छताछुल्ल भएको छ। हत्यारा र अपराधीको संरक्षण गर्ने सरकारसँग जनताले अपेक्षा गर्ने ठाउँ छैन।’

शनिबार बिहान बेनी नगरपालिका ४ स्थित सिंगा तातोपानी कुण्डको स्नान गरेका देउवाले त्यहाँ प्राकृतिक स्वास्थ्य उपचारको प्रशस्त सम्भावना भएको बताए। उनले सडक र व्यवस्थापनमा ध्यान दिन सकेमा तातोपानी कुण्ड स्वास्थ्य उपचार केन्द्रको रुपमा विकास हुने बताए।

नेता रामचन्द्र पौडेलले सरकारले शुक्रबार सिके राउतसँग गरेको सम्झौता अधुरो र अस्पष्ट भएको टिप्पणी गरे। सम्झौतामा उल्लेखित 'जनअभिमत' भन्ने शब्दका कारण शंका पैदा गरेको पौडेलले बताए।

बेनीमा आयोजित आमसभामा बोल्दै नेता रामचन्द्र पौडेल । फोटोः सन्तोष गौतम/अन्नपूर्ण


पौडेलले प्रधानमन्त्री ओलीसँग विकास र शासन गर्ने क्षमता नभएको दावी गरे। ‘ओलीसँग विकास र शासन गर्ने आइडिया नै रहेनछ। दुनियाले पत्याउन छाडे। शान्ति सुरक्षामा सरकार नागिन थालेको छ’, पौडेलले भने ‘पछिल्लो एक वर्षमा बनेको भ्रष्टाचारको महलमा सवृद्धिको जग बस्न सक्दैन। लोकतन्त्र खतरामा परेको छ।’

कांग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले सरकारले जनविश्वास गुमाइसकेको टिप्पणी गरे। ‘अहिलेको सरकारले काम भन्दा धेरै प्रचार गरेको छ। सरकारकै कारण नेपालमा कम्युनिस्ट शासनको दिनगन्ती सुरु भइसक्यो’, प्रवत्ता शर्माले भने।

बेनीमा आयोजित आमसभालाई सम्बोधन गर्दै कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्मा। फोटोः सन्तोष गौतम/अन्नपूर्ण


दुई वर्षअघि बेनीको संगमचोकमा निर्माण भएको दुई तले कार्यालय भवनको सभापति देउवा र वरिष्ठ नेता पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

५१ लाख ३७ हजार ७५० रुपैयाँमा खरिद गरिएको जग्गामा २९ लाख ५९ हजार ४२५ रुपैयाँको लागतमा दुई तले भवन निर्माण भएको नेपाली कांग्रेस म्याग्दीका कोषाध्यक्ष टंक हमालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.