हिमपातले मुस्ताङको एकै गाउँपालिकामा १३ सय चौपाया मरे
पोखरा : लगातार परेको हिमपातका कारण हिमालपारिको जिल्ला मुस्ताङमा १३ सय ३५ वटा चौपाया मरेका छन् । लोमान्थाङ गाउँपालिका ३, ४ र ५ वडाका ५५ जना व्यक्तिका यति धेरै चौपाया मरेका हुन् ।
लगातार हिमपातका कारण यति ठूलो संख्यामा चौरी गाई, भेडा, च्याङ्ग्रा मरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।
लोमान्थाङ प्रहरीका अनुसार हिमपातका कारण ८ वटा चौरी, ८ सय ८८ वटा भेडा–च्याङ्ग्रा र २ सय ३९ वटा याक मरेका हुन् । हिमपातका कारण अझै धेरै क्षति भएको हुन सक्ने भएकाले प्रहरीले थप अनुसान्धान गरिरहेको जनाएको छ ।