देशैभर पाल्सोनिकका टीभी

देशैभर पाल्सोनिकका टीभी

काठमाडौं :  अस्ट्रेलियन ब्रान्ड पाल्सोनिकले नेपाली बजारमा गुणस्तरीय टेलिभिजन भित्र्याएको एक वर्षभन्दा बढी भइसकेको छ। एजीआर इन्डस्ट्रिज प्रालिले यसलाई नेपाल भित्र्याएको हो। अस्ट्रेलियाको पुरानो ब्रान्ड पाल्सोनिकले नेपाल भित्रिएको एक वर्षमा ७७ जिल्लामै डिलर नेटवर्क विस्तार गरिसकेको छ। नेपालमा सेवा विस्तारसँगै कम्पनीले ग्राहकलाई लक्ष्य गर्दै टेलिभिजन खरिदमा विभिन्न सेवासुविधा पनि उपलब्ध गराएको छ।

कम्पनीले नेपालमै पहिलोपटक टेलिभिजनमा एक वर्षको बिमा सुविधासमेत सुरु गरेको दाबी गरेको छ। कम्पनीले टेलिभिजनको स्क्रिनमा बिमा सुविधा उपलब्ध गराएको छ। टेलिभिजनको स्क्रिन फुटेमा बनाउन लाग्ने खर्च धेरै भएकाले कम्पनीले बिमा सुविधा उपलब्ध गराएको एजीआर इन्डस्ट्रिज प्रालिका मार्केटिङ म्यानेजर सुवास पोखरेलले बताए।

पोखरेलका अनुसार आगलागी, भूकम्प, आँधिबेरीलगायतबाट टेलिभिजनमा क्षति पुगे बिमाबाट कभर हुनेछ। यसका साथै कम्पनीले आफ्ना हरेक उत्पादनमा एक वर्षको वारेन्टी पनि प्रदान गरेको छ। ‘पछिल्लो समय पाल्सोनिक ब्रान्डका टेलिभिजन नेपालीको रोजाइमा पर्न थालिसकेको छ’, पोखरेलले भने, ‘विशेष गरी २५ इन्चभन्दा माथिका स्मार्ट टीभीमा ग्राहक आकर्षति छन्। साथै ४३, ४९ र ५५ इन्चका टेलिभिजन पनि ग्राहकको रोजाइमा परेको छ।’

पाल्सोनिकका २२ देखि २५ इन्चका टेलिभिजन सेट नर्मल स्मार्ट सिरिजका छन् भने ३२ देखि ६५ इन्चका टेलिभिजन एन्ड्रोइड ६.४ मा आधारित छन्।

कम्पनीले बजारमा अहिले २२ देखि ६५ इन्चसम्मका टेलिभिजन सेट भित्र्याएको छ। त्यसमध्ये २२ देखि २५ इन्चका टेलिभिजन नर्मल स्मार्ट सिरिजका हुन्। ३२ देखि ६५ सम्मका टेलिभिजन एन्ड्रोइड ६.४ मा आधारित छन्। जसमा ए प्लस ग्रेड प्यानल, फुल एचडी प्यानल, स्मार्ट फ्लोटिङ यूआई, एन्टिना इन्पुट, यूएसबी इन्पुट, एचडीएमआई इन्पुट, भीजीए इन्पुट, अडियो (आरसीए) इन्पुट, भिडियो (आरसीए) इन्पुट, कार्ड स्लट, कोक्सायल आउट, एन्ड्रोइड ६.०,र्याम १.५ जीबी, मेमोरी ८ जीबी, ६४ बिट १.६ गिगाहर्ज, स्क्रिन मिररिङ, सुपर न्यारो बेजल, हार्मन कार्डोन साउन्ड बार सिस्टमलगायत विषेशता छन्। पोखरेलका अनुसार बजारमा कम्पनीको १५ हजारबाट एक लाख ६४ हजारसम्मका टेलिभिजन छन्। त्यसमध्ये ३२ इन्चको स्मार्ट टीभीको बजार मूल्य ३३ हजार, ४३ इन्चको ५३ हजार, ४९ इन्चको ७४ हजार चार सय ९४ रुपैयाँ, ५५ इन्चको ९० हजार नौ सय ८१ रुपैयाँ, ६५ इन्चको एक लाख ६४ हजार रुपैयाँ तोकिएको छ।

गुणस्तरीय उत्पादनमार्फत ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने योजनाका साथ कम्पनीले नेपाली बजारमा यो उत्पादन भित्र्याएको पोखरेलले बताए। ‘सस्तो मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउनु नै हाम्रो प्रमुख उद्देश्य हो’, उनले भने, ‘त्यसैले कम्पनीले विक्रीपछिको सेवालाई पनि प्राथामिकता दिएको छ।’ हामी मुख्य सहरमा २४ घण्टाभित्र ग्राहकको घरमै गएर सेवा दिन्छौं। दुर्गममा आठ दिनभित्र सेवा उपलब्ध गराउने संयन्त्र तयार गरिएको छ। यसका साथै कम्पनीले आगामी दिनमा बजारमा ७५ इन्चको टेलिभिजन भित्र्याउने तयारी गरिरहेको जनाएको छ। कम्पनीले ग्राहकलाई आफ्ना उत्पादनबारे जानकारी गराउन र टेलिभिजनप्रतिको विश्वासलाई प्रगाढ बनाउन कम्पनीले नायिका स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बासेडर नियुक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.