नेपालमा लगानीको संभावनाबारे गुजरातमा सम्मेलन

नेपालमा लगानीको संभावनाबारे गुजरातमा सम्मेलन

नयाँ दिल्ली : भारतीय लगानीकर्तालाई नेपालमा आकर्षित गर्न नेपाली दूतावासले आर्थिक संवाद तथा छलफलका कार्यक्रम आयोजना गर्ने क्रम जारी छ।यसै क्रममा दुतावासले बिहीबार गुजरातका संभावित लगानीकर्ताको ध्यानाकर्षण गर्न अहमदाबादमा सम्मेलनको आयोजना गर्‍यो।

भर्खरै नेपाल सरकारले वैदेशिक लगानीको प्रवेशमा अवरोध पुर्‍याएका नीति नियमहरु परिमार्जन गरेको छ। सरकारका लगानीमैत्री नीति नियमबारे गुजरातका उद्योगी व्यवसायीलाई जानकारी गराउँदै नजिकिँदै गएको लगानी सम्मेलनमा सहभागी हुन दूतावासले आह्वान गरेको छ।

गुजरात उद्योग वाणिज्य संघसँगको सहकार्यमा सम्पन्न नेपालको व्यापार, पर्यटन तथा लगानी संभावना विषयक एक दिने सम्मेलनमा नेपाली दूतावासका इकोनोमिक मिनिष्टर कृष्णहरि पुष्करले आउँदो लगानी सम्मेलनबारे जानकारी गराउँदै पर्यटन वर्ष २०२०को प्रचार प्रसार गर्नेगरी कार्यपत्र प्रस्तुत गरेका थिए।

परिमार्जित वैदेशिक लगानी ऐनले विदेशी लगानीको सुरक्षाको प्रत्याभुति दिएको जानकारी गराउँदै पुष्करले लगानीकर्तालाई शिक्षा,स्वास्थ्य, पर्यटन, जलविद्युतलगायतका नयाँ संभावना भएका क्षेत्रबारे लगानी सम्मेलनमा बिस्तृत जानकारी गराइने उल्लेख गरे।

उनले सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आयोजना गर्न लागेको नेपाल भ्रमण वर्षका लागि उद्योगी व्यवासायीलाई गुजरातमा नेपाल गन्तव्यको प्रचास प्रसारका लागि समेत आग्रह समेत गरे।

कार्यक्रममा गुजरात उद्योग वाणिज्य संघका अध्यक्ष डा. जाइमिन वासाले राजनीतिक स्थिरता पछि नेपाल तीब्र आर्थिक विकासको पथमा अघि बढेको भन्दै लगानीका लागि उपयुक्त अवसर भएको उल्लेख गरे। संघका वैदेशिक व्यापार समितिका सभापति पदमिन बचले नेपाल भारतबीच आयात निर्यातको सहजताका लागि आउँदो समयमा गुजरातको मुन्द्रा बन्दरगाहको संभाव्यता औंल्याएकी थिइन्।

दशक अघिदेखि नेपालमा व्यवसाय गर्दै आएका ब्यूम्याको फेब्रिक लिमिटेडका प्रवन्ध निर्देशक भरत छाजरले नेपाल सरकारको कानुन र शासकीय व्यवस्थाको प्रशंसा गर्दै विश्वमै लगानीमैत्री मुलुकको रुपमा नेपाल अग्रस्थानमा रहेको बताए।

सम्मेलनमा सहभागी उद्योगी व्यवसायीहरुले पर्यटकीय प्रवद्र्धनका लागि  गुजरात र नेपालबीच सिधा हवाइ सेवाको आवश्यकता औंल्याएका थिए। कार्यक्रममा गुजरातको स्वास्थ्य, पर्यटन, खाद्य क्षेत्रका नेपाली तथा भारतीय उद्योगी व्यवसायीको सहभागिता रहेको थियो। यसअघि दूतावासले मुम्बइ, दिल्ली, चेन्नइलगायतका स्थानमा लगानी सम्मेलन सम्पन्न  गरिसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.