जंगलमा लागेको आगो बस्तीमा पसेपछि ६ घर जले

जंगलमा लागेको आगो बस्तीमा पसेपछि ६ घर जले

फिदिम : जंगलमा लागेको आगो बस्तीसम्म फैलदा पाँचथरको हिलिहाङ गाउँपालिका ३ डाँडेमा छ घर जलेका छन्। शनिबार दिउँसो जंगलमा लागेको आगो नियन्त्रणमा लिन नसक्दा बस्तीसम्म फैलिएको हो। 

आगोले मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङवा, तेजमाया पौडेल, डम्बर पालुङ्वा र धनप्रसाद पालुङ्वाको घर जलेको जिल्ला प्रहरी कार्याल पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए। 
आगलागीबाट ४१ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ। छ घरसहित दुई गोठ जलेर खरानी भएका छन्। 

बस्तीसम्म फैलिएको आगो जनपथ प्रहरी, नेपाली सेना र स्थानीयले नियन्त्रणमा लिएका हुन्। ‘सुख्खा क्षेत्र भएकाले तत्काल आगो नियन्त्रणमा लिन सकिएन,’ पौडेलले भने ‘सबैको प्रयासबाट आगो नियन्त्रण गरिएकाले गाउँका अन्य घरमा आगो फैलिन पाएन।’
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.