बेलारुसविरुद्ध नेदरल्यान्ड्सको गोल वर्षा

बेलारुसविरुद्ध नेदरल्यान्ड्सको गोल वर्षा

एम्सटरडम : सन् २०२० मा आयोजना हुने युरो कप फुटबलको छनोट खेलमा नेदरल्यान्ड्सले विजयी सुरुआत गरेको छ । नेदरल्यान्ड्सले शुक्रबार बिहान खेलिएको आफ्नो पहिलो छनोट खेलमा बेलारुसमाथि ४-० गोलको सजिलो जित हासिल गर्‍यो ।

घरेलु मैदानमा भएको समूह ‘सी’ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सका लागि मेम्फिस डिपेले दुई गोलको योगदान गरे । खेल सुरु भएको पहिलो मिनेटमै डिपेले नेदरल्यान्ड्सका लागि पहिलो गोल गरेका थिए । २१औं मिनेटमा जर्जिनो विजनाल्डमले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा दुई गोल गरेको नेदरल्यान्ड्सले दोस्रो हाफमा पनि दुई गोल थप्यो । खेलको ५५औं मिनेटमा डिपेले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई ३-० ले अगाडि बढाए । निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि भिर्जिल भान जिकले नेदरल्यान्ड्सका लागि चौथो गोल थपेका थिए ।

सोही समूहको अर्को खेलमा उत्तरी आयरल्यान्डले पनि तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी इस्टोनियालाई २-० गोलले पाखा लगायो । घरेलु मैदानमा खेलिएको खेलमा उत्तरी आयरल्यान्डका लागि निल म्याकजिन र स्टिभन डेभिसले एक÷एक गोल गरे ।

समान तीन अंक बटुलेको नेदरल्यान्ड्स पहिलो र उत्तरी आयरल्यान्ड दोस्रो स्थानमा छन् । विश्वकपको पूर्वविजेता जर्मनी पनि सोही समूहमा परेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.