बाजुराका स्थानीय तह सडक सञ्जालमा जोडिए

बाजुराका स्थानीय तह सडक सञ्जालमा जोडिए

 बाजुरा : जिल्लाका ४ वटा स्थानीय तह सडक सञ्जालमा जोडिएका छन्।  सेनाले निर्माण गरेको बाजुरा खण्डमा यातायात सेवा सञ्चालनमा ल्याइएपछि सडक सञ्जालमा जोडिएका हुन्।  कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्ड कालिकोट र बाजुरा सिमाना लैफूदेखि बाजुराको लेब्डीसम्म ३१ किलोमिटर सडक बिहीबारदेखि सञ्चालनमा आएको छ। 

सांसद लालबहादुर थापाले एक कार्यक्रममाझ सडक सञ्चालनको उद्घाटन गरेका छन्।  सडक सञ्चालनमा आएसँगै बाजुराका हिमाली, स्वामिकार्तिक, जगन्नाथ गाउँपालिका र बुढिन्नदा नगरपालिका सड्क सञ्जालमा जोडिएका छन्।  त्यस्तै, कालिकोट र मुगुका स्थानीयलाई समेत सहज भएको स्थानीय बताउँछन्। 

सडक सञ्चालन जोडिएपछि बाजुराको सबैभन्दा दुर्गम गाउँपालिकामा यातायातको पहुँच पुग्नुका साथै त्यस क्षेत्रका स्थानीयलाई सहज पुगेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए।  सेनाले ट्र्याक खोलेलगत्तै यातायात सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए।  सडक सुधारको काम भइरहेको जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलको आग्रहमा सञ्चालनमा ल्याइएको कर्णाली करिडोरको तिथि चौर क्याम्पका उपसेनानी शंकर सिलवालले बताए। 

अहिले यस सडकमा जिप र मालवाहक ट्रक मात्र सञ्चालनमा ल्याउने जगन्नाथ गाउँपालिका अध्यक्ष कालिबहादुर शाहीले बताए।  सडक विभागलाई सेनाले हस्तान्तरण नगर्दै सीमित सवारीसाधन सञ्चालनका लागि सडक सञ्चालनमा ल्याएको सेनाको भनाइ छ।  बाजुराका यी स्थानीय तह, कालिकोट, मुगु र हुम्लाका दुर्गम बासिन्दालाई ठूलो राहत पुग्ने भएको छ।  समयमै उपचारका लागि सुविधा सम्पन्न ठाउँमा लिन पनि समस्या हुने गरेको थियो।  खाद्यान्नको चपेटमा रहँदै आएको उक्त क्षेत्रमा अबदेखि केही राहत हुने त्यहाँका स्थानीयले बताएका छन्।  सडक सञ्चालनमा आएपछि निकै राहत भएको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताए। 

सडक सञ्चालनमा प्रतिनिधि सभाका सदस्य लालबहादुर थापा, राष्ट्रिय सभाका सदस्य बद्री पाण्डे, पूर्व उद्योगमन्त्री तथा नेकपा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह, प्रदेश सांसद बलदेव रेग्मीलगायत सहभागी थिए। 

सेनाले जिम्मा लिएको कर्णाली करिडोर कालिकोटको लालुदेखि हुम्लाको सरिसल्लासम्म १ सय ४५ किलोमिटर छ।  कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाँकी हुम्ला जिल्लामा छ।  सेनाले उक्त सडक ०७१ चैतबाट सुरु गरेको थियो।  बाजुरा र हुम्लाको बीचमा रहेको कवाडी नदीमा पुल बनाउने काम भइरहेको र उक्त पुल सम्पन्न हुनेबित्तिकै सडक यातायातले हुम्ला छुने उपसेनानी शंकर सिलवालले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.