कुहिरो भित्र साहित्यको कुरा

कुहिरो भित्र साहित्यको कुरा

फिदिम : कवि मलिशा याक्थुम्बाले मिङ्वासाङ्मा शिर्षकको कविताका हरफ वाचन गरिरहँदा राँके बजारको साहित्यिक मञ्च कुहिरोले छपक्क छोपेको थियो। कुहिरोसँगै शनिबार राँके बजारमा विभिन्न भाषाका साहित्यकारहरुको लुकामारि चल्यो। 

कुहिरोभित्र विभिन्न भाषाका साहित्य गुञ्जिएका थिए। याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालले आयोजना गरेको बहुभाषिक साहित्य संगोष्ठी, पुरस्कार बितरण तथा पुस्तक बिमोचन कार्यक्रममा विभिन्न भाषा भाषिका साहित्यकारहरुको जमघट भएको हो। 

कार्यक्रममा पाँचथरसहित इलाम, झापा, तेह्रथुम र ताप्लेजुङका साहित्यकारको उपस्थिति थियो। सहभागिहरु खस, राई, लिम्बू, शेर्पा लगायतका भाषामा साहित्य वाचन गरेका हुन्। 
प्राध्यापक डा.टंकप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न जातजातिका संस्कृति झल्कले नृत्य समेत प्रस्तुत गरिएको छ। ब्राह्मणको संगिनि, लिम्बूको केलाङ, राईको साकेला र शेर्पाको जातिय नृत्य प्रस्तुत गरिएको हो। 

कार्यक्रममा श्रीहाङ्मा साहित्य पुरस्कारबाट दुई जना साहित्यकारलाई पुरस्कृति गरिएको थियो। सिक्किमका सन्तोष शेरापे र धनकुटाका धनाहाङ सुब्बालाई २० हजार पुरस्कार राशिको श्रिहाङमा साहित्य पुरस्कारबाट पुरस्कृत गरिएको छ। 

कार्यक्रममा पत्रकारीताको माध्यमबाट लिम्बू भाषा साहित्यलाई योगदान गरेको भन्दै नाल्बो पत्रकारिता पुरस्कारबाट फिदिमका दिलेन्द्र कुरुङबाङलाई पुरस्कृत गरिएको छ। सेसेमी से नाल्बो र इक्सा सम्बाहम्फेले गत बर्ष स्थापना गरेको उत्त पुरस्कारको राशि १० हजार रहेको छ। उक्त कार्यक्रमको अवसर पारेर दुई पुस्तक र एउटा पत्रिका समेत बिमोचन गरिएको थियो। 

भवानी तावाद्धार सम्पादित ओधिङ्गा बाल पत्रिका, राजेन्द्र जबेगुद्धारा लिखित लिम्बू वर्णमाला याक्थुङसापन र सन्त कुमारको अमूर्त आतंक नामक कबिता संग्रहरको बिमोचन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले पत्रिका र पुस्तकको विमोचन गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.