तत्कालीन डीएफओसहित वनका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : जिल्ला वन कार्यालय डोल्पाका डिएफओसहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
कर्मचारीले स्थानीय जग्गाधनी तथा जडीबुटीका ठेकेदारसँग मिली मोटो रकम लेनदेन गरी निजी हकभोगको जग्गाबाट जडीबुटी संकलन गरेको आरोपमा डिएफओ रामबिचारी ठाकुरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
हाल डिभिजन कार्यालय डोल्पाका उपसचिव ठाकुरविरुद्ध अख्तियारले डेढ करोड बिगो मागदाबी गरेको छ।
सामुदायिक वन तथा राष्ट्रिय वनबाट संकलन भएको जटामसी जिल्ला बाहिर लैजाने छोडपुर्जी इजाजत दिने क्रममा उनीहरूले रकम हिनामिना गरेको पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
सामुदायिक वन तथा राष्ट्रिय वनबाट संकलन भएको १ लाख ८५ हजार ९९६ केजी जटामसी जिल्ला बाहिर लैजान एक करोड ४८ लाख ७९ हजारको छोडपुर्जी दिई आफैं मुचुल्का र प्रतिवेदन तयार गरी गराई आफू र अन्य व्यक्तिलाई गैरकानुनी लाभ पुर्याउने, सरकारी सम्पत्तिको बदनियतसाथ हानी नोक्सानी गरेको प्रवक्ता कोइरालाले बताए।
प्रतिक्रिया दिनुहोस !