फेरिएन प्राचीन नगर कपिलवस्तु, नगरभित्र टुकी बाल्नुपर्ने बाध्यता

फेरिएन प्राचीन नगर कपिलवस्तु, नगरभित्र टुकी बाल्नुपर्ने बाध्यता

तौलिहवा : कपिलवस्तु नगरपालिकाभित्रकै स्थानीय अझै टुकीको भरमा छन्। बुद्धकालीन राजधानी कपिलवस्तु ०३९ सालमै नगरपालिका भएको थियो। बुद्धले २९ वर्ष बिताएको तिलौराकोट पनि त्यहीँ पर्छ। भद्रगोल संरचनाका कारण त्यहाँ आउने पर्यटकसमेत सास्ती खेप्न बाध्य छन्।

यहाँ सडक, नाली, फोहोर, खानेपानी, शौचालय व्यवस्थापनको कामै भएको छैन। यत्रतत्र छरिएको फोहोरले नगर दुर्गन्धित छ। सडकमा हिँड्नै नसक्ने अवस्था छ।

बजारका सडक, गल्ली पनि निकै साँघुरा छन्। मुस्किलले मोटरसाइकल छिर्छन्। अव्यवस्थित बसोवासले पनि बाटोघाटो अतिक्रमणमा परेका छन्। बजारभित्र एउटा पनि सार्वजनिक शौचालय छैन। व्यवस्थित बसपार्क छैन। फोहोर फाल्ने डम्पिङसाइड पनि छैन। बसपार्क र हाटबजार व्यवस्थित बनाउन ठेक्का लगाइए पनि ठेकेदारले समयमै काम नगर्दा समस्या परेको नगरवासीको गुनासो छ।

साविकका ५ गाविस गाभिनुअघि नै नगरपालिकामा ७५ प्रतिशतभन्दा बढी ग्रामीण क्षेत्र थियो। धरमपनिँया, दोहनी, जहदी, निग्लिहवा र सौराहा थपिएपछि ९० प्रतिशतभन्दा बढी ग्रामीण क्षेत्र भएको छ। १२ वडामध्ये १ र ४ को पूरै बस्ती सहरी क्षेत्र हो। वडा नम्बर ३ को आधीबाहेक सबै ग्रामीण बस्ती हुन्। १२ वडा रहेको नगरपालिकामा ७६ हजार ३ सय ९४ जनसंख्या छ।

‘पुरानो नगरपालिका भएर पनि कपिलवस्तु निकै पछि परेको छ’, प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्यले भने, ‘नगरमा भौतिक पूर्वाधार अभाव छ। नगरमा गाउँ बढी रहेकाले पिछडिएको छ।’ ग्रामीण क्षेत्रमा कालोपत्रे बाटो निकै कम छ। अधिकांश ठाउँमा धुलौटे र कहीँ–कहीँ ग्राभेल बाटो छ। अशोक स्तम्भ पुग्ने बाटोको अवस्था झन् दयनीन छ।

क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवामा सम्राट् अशोकद्वारा निर्मित स्तम्भ बुद्धधर्मावलम्बीका लागि आस्थाको ठाउँ हो। चिनियाँ पैदलयात्री फायहानले गोटिहवालाई क्रकुच्छन्द बुद्धले ज्ञान प्राप्त गरेपछि पितापुत्रले भेटघाट गरेको स्थलका रूपमा चित्रित गरेका छन्। त्यस्तो ऐतिहासिक ठाउँमा जाने बाटो पनि जीर्ण छ।

गरिबी र अशिक्षा व्याप्त छ। नगरपालिका भए पनि बर्दहवा गाउँका ८ घर दलित समुदायले अझै बिजुली बाल्न पाएका छैनन्। गाउँमा बिजुली पुगेको दशक भइसक्दा पनि उनीहरू टुकी बालेर बसेका छन्। तीन दशकअघिको सबैभन्दा पुरानो नगरपालिकाको गाउँ विकटभन्दा पनि बिजोग छ। नगरको दक्षिण क्षेत्रमा सिँचाइ सुविधा छैन। लौसाकी चनरमति रैदासले भनिन्, ‘भगवान् भरोसामा अन्न उब्जनी गर्छाैं।’ सिँचाइ नहुँदा कतिखेर पानी पर्छ भनेर आकाश हेर्दै दिन बित्ने गरेको उनले सुनाइन्।

उनले भनिन्, ‘सरकारी राहतका कार्यक्रम नहँुदा थप मारमा परेका छौंं।’ यो नगरपालिकाको सबै गाउँमा जाने राम्रो बाटोसमेत छैन। मेयर किरण सिंह भने अब नगरको मुहार फेर्ने बताउँछन्। ‘दुई दशकसम्म जनप्रतिनिधि नहँुदा बेथिति बढेको थियो,’ मेयर सिंहले भने, ‘अब हामी सही बाटोमा ल्याउँछौं, स्रोत कम हुँदा एकै पटक सबै ठाउँमा परिवर्तन देखाउन समस्या भइरहेको हो।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.