पूर्ण साक्षर जिल्ला घोषणामा बाजुराका जनप्रतिनिधिको अवरोध

पूर्ण साक्षर जिल्ला घोषणामा बाजुराका जनप्रतिनिधिको अवरोध

मार्तडी : बाजुरा जिल्लालाई २०७६ असार मसान्त सम्म पूर्ण साक्षर घोषणा गरिने भएको छ। पूर्ण साक्षरताका लागि  प्रतिनिधिसभाका सदस्य लालबहादुर थापासहित बाजुरा जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधिले सोमबार प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन्। 

जिल्लालाई पूर्ण साक्षरता घोषणका लागि चाहिने सबै सूचक पूरा भएको तथ्याङ्क सार्बजनिक गर्दै घोषण गर्न लागिएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्रमुख गोपालदत्त जोशीले बताए। 

पूर्ण साक्षरताका सबै सूचक बाजुरा जिल्लामा पूर्ण भइसकेकाले जिल्लालाई पूर्ण साक्षरता घोषणा गर्न ढिलाई नहुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत अनौपचारिक केन्द्रका निर्देशक यज्ञनाथ गौतमले जानकारी दिए।

जिल्ला पूर्ण साक्षरता बनाउन केही सूचक बनाएको र सो सूचकका आधारमा जिल्ला घोषणा गर्न सकिने बताएको छ। सूचकमा राष्ट्रभाषा वा मातृभाषाका वर्णका अक्षरको पढाइ र लेखाइ गर्न सक्ने, राष्ट्रभाषा वा मातृभाषामा लेखिएको मुल्यसूचि र बीलको पढाइ, आफ्ना परिवारका नाम, उमेर लेखाइ र पढाइ, मोबाइल र क्याल्कुलेटरका अकं र अक्षर चिनेर प्रयोग गर्न जान्ने , शून्यदेखि नौ सम्मका अकं अक्षर लेखाइ १ देखि १ सयसम्मका गणना, लेनदेनको राख्नेलगायतका सूचक रहेका छन् ।

२०७६ साल भित्र देशका सबै जिल्ला नै पूर्ण साक्षरता घोषण गरेर देश नै घोषणा गर्ने लक्ष्य नेपाल सरकारको रहेकोले पूर्ण साक्षरता अभियान बाजुरामा पनि संचालन गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगत अनौपचारिक केन्द्रका निर्देशक यज्ञनाथ गौतमले जानकारी दिए।

सोमबार जिल्ला सदरमुकाम मार्तडीमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव श्रोत विकास केन्द्रको आयोजनामा संचालन गरेको कार्यक्रम जिल्लाको शैक्षिक अबस्थाका बारेमा स्थानीय तहका जनप्रतिनिधि र शिक्षासँग सरोकार राख्ने संघ संस्थासँग अभिमुखीकरण तथा अन्र्तक्रिया कार्यक्रम गरिएको हो। 

साक्षर नेपाल समृद्ध नेपाल सुखी नेपाली भन्ने मुला नाराका साथ नेपालका ४७ जिल्ला पूर्ण साक्षर घोषणा भइसकेको र बाँकी रहेका जिल्ला २०७६ सालमा घोषणको तयारीका लागि मन्त्रालय र जिल्ला लागि परेका गौतमले बताएको छ।

जनप्रतिनिधीका भन्छन्-हतार गर्नु हुँदैन

मार्तडीमा आयोजना गरिएको स्थानीय तहका जनप्रतिनिधीले जिल्लालाई हतार गरेर साक्षर घोषणा गर्न नहुने बताएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले जिल्लामा निरक्षरको संख्या शून्यमा पुगेको तथ्याङक सार्बजनिक गरे पनि स्थानीय स्तरमा १ हजार ५ सय बढीको निरक्षर भएकाले असार मसान्तसम्म पूर्ण साक्षर घोषणामा हतारो गर्न नहुने हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले सुझाव दिए।

संघीय सरकारले कर्मचारी समायोजनका कारण गाउँपालिकको काममा बाधा भएकाले तत्काल यो कार्य नगर्न मल्लको सुझाव दिएका थिए। जिल्लाका अन्य ग्रामीण भेगमा साक्षरको संख्या अझैं निकै कम भएकाले हतार नगर्न र साक्षारता कक्षा संचालन पछि मात्र हुनसक्ने बुढीनन्दा नगरपालिकाका उप-प्रमुख सृष्टि रेग्मीले बताइन्। 

स्थानीय तहका जनप्रतिनिधीले २०७६ असारमा जिल्लालाई पूर्ण साक्षर घोषणा गर्न नसकिने सुझाव दिँदा पनि जबर्रजस्त साक्षरता घोषणाका लागि हस्ताक्षर गराइएको आरोप लगाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.