मोटरसाइकल दुर्घटनामा वृद्धाको मृत्यु
मलङ्वा : सर्लाही सदरमुकाम मलङ्वामा मंगलबार दिउँसो मोटरसाइकल दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ। दुर्घटनामा घाइते वृद्धाको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।
हरिपुर नगरपालिका २ की अन्दाजी ६५ वर्षीया मोसतकीमा खातुनको मृत्यु भएको हो। ना ३ प ५५४ नम्बरको मोटरसाइकलमा चढेर हरिपुरबाट मलङ्वातर्फ आउँदै गरेको अवस्थामा मलङ्वा ४ शिवसागर चौकमा दर्घटना हुँदा उनी गम्भीर घाइते भएकी थिइन्।
प्रतिक्रिया दिनुहोस !