कांग्रेसको अनुशासन समिति सक्रिय

कांग्रेसको अनुशासन समिति सक्रिय

काठमाडौं  : चैत ४ मा कांग्रेस केन्द्रीय समितिले गठन गरेको अनुशासन समिति सक्रिय भएको छ। केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेको नेतृत्वमा गठित पाँच सदस्यीय अनशासन समितिको मंगलबार पहिलो बैठक बस्यो। बैठकले समितिको नयाँ कार्यविधि पारित गर्दै चैत मसान्तभित्र समितिमा उजुरी गर्न पनि पार्टीको सबै तहका नेता–कार्यकर्तालाई अपिल गरेको छ।

पार्टीका कुनै पनि सदस्यले पार्टीको हितविपरीत कुनै पनि काम गरेको भए त्यसविरुद्ध चैत मसान्तभित्र उजुरी गर्न समितिले भनेको छ। समितिले पार्टीका कुनै नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा पार्टीको हितविपरीत लिखित टिप्पणी गरे त्यसलाई समितिले आफ्नो दायरामा ल्याउनेसमेत भनेको छ।

डेढ वर्षअघि तीनै तहको निर्वाचनमा कांग्रेस पराजित भएपछि तत्कलीन अनुशासन समितिले देशैभरबाट ५ सयभन्दा बढी उजुरी संकलन गरेको थियो। केन्द्रीय सदस्य रमेश रिजाल नेतृत्वको तत्कालीन समितिले उजुरीमाथि एक चरणको छानबिन गरेर ३ सयभन्दा बढीसँग स्पष्टीकरणसमेत मागेको थियो। गत वैशाखमा रिजालले संयोजकबाट राजीनामा गरेपछि समिति अलपत्र थियो।

अनुशासन कारबाहीमा शीर्ष नेताको स्वार्थ देखिने गरी आउन थालेपछि समितिबाट रिजाल पछि हटेका थिए। राजीनामापछि पार्टी सभापति शेरबहादुर देउवालाई पुनः यो समिति गठन गर्न सकस परेको थियो। अन्ततः चैत ४ गते शीर्ष नेताबीच अनुशासन समितिले सबै निर्णय सहमतिमै गर्ने सहमति भएपछि आङदेम्बेको नेतृत्वमा नयाँ समिति गठन भएको थियो। समितिमा किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, धनराज गुरुङ र उमाकान्त चौधरी छन्।

निर्वाचन लगत्तै सभापति देउवाकै गृहजिल्लाबाट त्यहाँका जिल्ला सभापतिलाई निर्वाचनमा सहयोग नगरेको भन्दै कारबाहीको उजुरी परेको थियो। वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लाबाट पनि निर्वाचनमा सहयोग नगर्ने कैयौं नेतालाई कारबाहीको उजुरी परेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.