तीला नदीमा अवैध उत्खनन् रोक्‍का

तीला नदीमा अवैध उत्खनन् रोक्‍का

जुम्लाः तीला नदीमा दिनहुँजसो अवैध उत्खनन् बढ्दै गएपछि चन्दननाथ नगरपालिकाले नदीजन्य वस्तुको अवैध उत्खननमा रोक लगाएको छ। नगर कार्य समितिको छलफलपछि नगरपालिकाले अवैधरुपमा नदीजन्य वस्तु गिट्टी र बालुवा उत्खननमा रोक लगाएको हो। 

नगरपालिकाको राजस्व परामर्श तथा स्रोत निर्धारण समितिको बैठकले उद्योग दर्ता पश्चात वातावरणीय प्रभाव मुल्याकंन गरेर मात्र खानी तथा गिट्टी बालुवाको उत्खनन् र निर्यातको अनुमति दिने निर्णय गरेको छ। निर्णयसँगै उद्योग दर्ता तथा र वातावरणीय प्रभाव मुल्याकंनसम्बन्धी सूचना समेत सार्वजनिक गरेको छ। 

नगरपालिकाले ढुंगाखानी, बालुवा, गिट्टीको साथै ढुवानी सम्बन्धमा राजस्व संकलन गर्नेगरी आफ्नो सक्रियता बढाएको उपमेयर तथा राजश्व परामर्श तथा स्रोत निर्धारण समिति संयोजक अप्सरादेवी न्यौपाने महतले बताइन्।

यदी नीजि तथा सार्वजनिक स्थानको नदीजन्य वस्तु बालुवा, गिट्टी अवैधरुपमा उत्खनन् तत्काल निर्यात कार्य बन्द गरिने नगरपालिकाले जनाएको छ। 

स्थानीय तह मौन     

जिल्लाको तिला कर्णाली र हिमा कर्णाली नदीमा नदीजन्य वस्तु बालुवा गिट्टी अवैध रुपमा उत्खनन् र चोरी निकासी बढ्दै गएको छ। तर यस विषयमा जिल्लाका अन्य स्थानीय तहले भने चासो दिएका छैनन्। स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले विकास निर्माणमा बजेट पुगेन भन्दै दाताको खोजी गरे पनि आन्तरिक राजश्व संकलनमा चासो दिएको पाइँदैन । 

स्थानीय तहका लागि आन्तरिक राजश्व संकलन गर्न सकिने नदीजन्य वस्तु गिट्टी बालुवा लाखौं घनमिटर रातदिनै चोरी निकासी र उत्खनन हुँदा ठेकेदार तथा तस्कर मात्र पोसिने काम भइरहेको छ। उनीहरुले अनुमतिविना नदीको धार र स्वरुप परिवर्तन हुने गरी डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् गर्दै आएका छन्।
    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.