नेपालमा लगानी गर्न आग्रह

नेपालमा लगानी गर्न आग्रह

नयाँ दिल्ली : भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपालका जलविद्युत्, पर्यटन, सडक, यातायातलगायत क्षेत्रमा लगानी गर्न भारतीयलाई आग्रह गरेका छन्। नेपाल लगानी सम्मेलनको पूर्वसन्ध्यामा बुधबार दिल्लीमा आयोजित अन्तरसंवाद कार्यक्रममा राजदूत आचार्यले भने, ‘नेपालमा राजनीतिक स्थिरता आएको छ।

आर्थिक समृद्धिको पथमा अगाडि बढेका छौं। भारतले द्रुत गतिमा गरेको विज्ञान र प्रविधिको विकास नेपाल भित्र्याउनुपर्छ।’ नेपालमा लगानीका विविध क्षेत्र भएकाले आफूलाई उपयुक्त लागेका क्षेत्रमा लगानी गर्न उनले भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरे।

आर्थिक, सामाजिक तथा सांस्कृतिक समानताका आधारमा घनिष्ट नेपाल–भारतबीचको सम्बन्धलाई समयसापेक्ष बनाइराख्नुपर्नेमा उनले जोड दिए। पीचडी चेम्बर अफ कमर्सको भारत–नेपाल केन्द्रले आयोजना गरेको कार्यक्रममा राजदूत आचार्यले नेपालको अन्य मुलुकसँगको मित्रताले भारतका लगानीकर्ता सशंकित हुुनुपर्ने कारण नरहेको स्पष्ट पारे।

नेपालमा लगानी सम्भावना भएका क्षेत्रमा चीनको बढदो आर्थिक सहकार्यबारे चर्चा गर्ने भारतीय लगानीकर्ताबीच राजदूत आचार्यले यस्तो स्पष्ट पारेका हुन्। उनले भने, ‘नेपालका अन्य मित्रराष्ट्रसँगको सम्बन्धले नेपाल–भारतको निकटतम सम्बन्धलाई प्रतिस्थापन गर्न सक्दैन।’

अन्तर्राष्ट्रिय लगानीकर्ताको चासो रहेको बुद्धिस्ट सर्किटका सम्भावनाबारे नेपाल सरकारको पहल आवश्यक रहेको भारतीय पूर्वब्यूरोक्रेट एमपी बेजबरुवाले उल्लेख गरे। अन्तर्राष्ट्रिय सभा सम्मेलनका लागि भारतीय सिंगापुर, मलेसियालगायत मुलुक पुग्ने गरेको सन्दर्भ उल्लेख गर्दै यही प्रयोजनका लागि नेपालमा सम्भावना प्रशस्त रहेको बरुवाले औंल्याए।

नेपालका लागि पूर्वभारतीय राजदूत केबी राजनले संघीय राज्य प्रणालीमा गइसकेको नेपालमा लगानीका लागि संघीय सहकार्यको सम्भावना औंल्याए। पूर्वाधार विकासका लागि नेपाल–भारत संयुक्त परियोजनाको परिकल्पना गर्न सकिने सम्भावना रहेको उद्योगी व्यवसायीले औंल्याए।

कार्यक्रममा दक्षिण एसिया विश्वविद्यालयकी सहायक प्राध्यापक मल्लिका शाक्यले दुई मुलुकबीच नेपालमा लगानीका लागि उद्योगी व्यवसायीले यस क्षेत्रका बौद्धिक सहयोग लिनुपर्ने सुझाव दिइन्।

आफ्नो कलेजमा नेपाल–भारत कला तथा संस्कृति मञ्चको स्थापना गरेर दुई मुलुकबीच कला क्षेत्रमा सहकार्य गरिरहेको उल्लेख गर्दै मारवाह स्टुडियोजका अध्यक्ष सन्दीप मारवाहले नेपालको फिल्म तथा कला क्षेत्रमा थप सहकार्यका लागि आफू सदैव तयार रहेको बताए। ई–कमर्स, बुद्ध सर्किट, रामायण सर्किट, इको टुरिजमका साथै शिक्षा, स्वास्थ्यका क्षेत्रमा नेपाललाई हब नै बनाउन सकिने भारतीय उद्योगीको भनाइ छ। दूतावासका अनुसार लगानी सम्मेलनमा भारतका सयभन्दा बढी उद्योगी व्यवसायी सहभागी हुँदै छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.