फिरोजको हत्यापछि मैनाबगरका व्यवसायी त्रसित, किन दोहोरिन्छन् यस्ता घटना?

फिरोजको हत्यापछि मैनाबगरका व्यवसायी त्रसित, किन दोहोरिन्छन् यस्ता घटना?

बुटवल : पेन्टिङ मजदुर फिरोज खानको हत्यापछि बुटवल मैनाबगरका व्यवसायी त्रसित भएका छन्। खानलाई बुधबार अज्ञात समूहले गोली हानेर हत्या गरेपछि स्थानीय व्यवसायी त्रसित भएका हुन्। 

बुटवलको मैनाबगर नमुना अटोभिलेजका रुपमा चिनिन्छ। दिनदडाडै काम गर्ने ठाउँमा मजदुरको हत्या भएपछि व्यवसायीले सुरक्षाको माग गरेका छन्। केही समयअघि मैनाबगरमै बस्ने लम्जुङका हरिबहादुर पाण्डेको पनि हत्या भएको थियो। उनको शव तिनाउ नदीमा भेटिएको थियो। 

रुपन्देहीकै देवदहमा केही दिनअघि असिम पुरीको पनि हत्या भएको थियो। हत्या हिंसाका घटना बढेको भन्दै व्यवसायीहरुले सुरक्षाको माग गरेका छन्। इलाका प्रहरी कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाउदै व्यवसायीले सुरक्षाको वातावरण सिर्जना गर्न माग गरेका छन्।

मैनाबगर अटोभिलेज एसोसिएसनले हत्याको बिरोधमा बिहिबार वर्कशप बन्द गरेका छन्। एसोसिएसनका अध्यक्ष सन्तोष पाण्डेले हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउन माग गरे।

‘मैनाबगरमा पटक पटक हत्याका घटना भएका छन्, सुरक्षित रुपमा व्यवसाय गर्न सकिएन’ उनले भने। बुधबार साझ मैनाबगरमा अज्ञात समूहको गोली प्रहारबाट ज्योति इन्जिनियरिङ वर्कसपमा मिस्त्री काम गर्ने अन्दाजी ४५ वर्षिया फिरोजको मृत्यु भएको थियो। 

१७ वर्षदेखि बुटवलमा बसेर काम गर्दै आएका उनी भारतको बिहार प्रदेश बेचियाका हुन। उनले सो ग्यारेजमा रंगरोगनको काम गर्थे। उनलाई घरबाहिर बोलाएर गोली हानिएको बताइएको छ। प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ। 

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्ली मल्लले गोली प्रहारको विषयमा अनुसन्धान भइरहेको बताए। ‘घटनालाई सुक्ष्म रुपमा अध्ययन गरिरहेका छौं’ उनले भने,‘केही दिनमै अपराधी हात पर्नेछ।’ सार्पसुटरले गोली प्रहार गरेकाले भारतीय अपराधी हुन सक्ने प्रहरीको जिकिर छ। घटनामा कटुवा पेस्तोलको प्रयोग भएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.