भेरी नगरपालिकालाई भैंसी लोप हुने डर, निर्यात प्रतिबन्ध

भेरी नगरपालिकालाई भैंसी लोप हुने डर, निर्यात प्रतिबन्ध

जाजरकोट : भेरी नगरपालिकाले भैंसी निर्यातमा रोक लगाएको छ। पछिल्लो समय व्यवसायीद्वारा मासु प्रयोजनको लागि स्थानीय भैंसीहरू सहरतिर लाने क्रम बढेपछि नगरपालिकाले स्थानीय भैंसी निर्यातमा प्रतिबन्ध लगाइएको हो।

नगरपालिकामा भएको सरोकारवालाहरूको बैठकले भैसी संरक्षण गर्न यस्तो निर्णय गरेको हो। भैसी पाल्ने किसान घट्दै गइरहेकोले जिल्ला बाहिर भैंसी निर्यातमा प्रतिबन्ध लगाइएको पशु प्राविधिक धनबहादुर विकले जानकारी दिए।

स्थानीय जातका भैसी लोप हुनबाट बचाउन पैठारीमा रोक लागाउनैपर्ने अवस्था आएको उनको भनाइ छ। अटेर गरी भैंसी निर्यात गरे सम्बन्धित ब्यापारी र किसानलाई कारबाही गर्ने नर्णय पनि बैठकले गरेको छ।

राँगो निर्यातमा भने प्रतिबन्ध नलगाइएको पशुप्राविधिक विकले जनाए।      जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी श्यामवहादुर खत्रीले भैंसी पैठारी रोक्न सम्बन्धित नाकाका प्रहरीलाई निर्देशनसमेत दिइसकिएको बताए।

डीएसपी खत्रीले भने, ‘जाजरकोटका सबै सीमाक्षेत्रमा भैंसी लिन लागेको थाहा पाएमा रोक्नू भनेर निर्देशन दिएका छौं, स्थानीय सरकारका हरेक राम्रा कामलाई प्रहरीले सहयोग गर्छ।’

जथाभावी भैसी निर्यातका कारण सदरमुकाम खलंगामा रहेका दूध डेरीहरू बन्द हुने अवस्थामा पुगेका छन्। दुग्धजन्य पदार्थ उत्पादन बढाउन नगरपालिकाले भैंसीपालन व्यवसायीलाई प्रोप्साहन गर्ने र मासुका लागि निकासीमा रोक लगाएको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताए।

स्थानीय जातका घरपालुवा पशुपंक्षीलाई संरक्षण गर्दै तिनलाई व्यवसायिकता दिनेगरी विशेष कार्यक्रम संचालन गरिने नगरप्रमुख घर्तीको भनाइ छ। पछिल्लो समयमा भैंसीपालन व्यवसाय खस्कदै गएको अवस्थामा स्थानीय सरकारको यो कदमबाट आफुहरुलाई राहत भएको किसानको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.