वेपत्ता भनिएका वडाअध्यक्ष सय दिनपछि सम्पर्कमा

वेपत्ता भनिएका वडाअध्यक्ष सय दिनपछि सम्पर्कमा

सन्धिखर्क : अर्घाखाँचीको मालारानी गाउँपालिका-२ का वडाअध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) वेपत्ता भएको सय दिनपछि सम्पर्कमा आएका छन्। शुक्रबार बिहान बुटबलबाट फोन गरेर आफू सकुशल रहेको जनाएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए। 

उनी कहाँ र किन गएका थिए, भन्ने बारेमा जानकारी नगराएको तर आफू सकुशल रहेको जनाएको अध्यक्ष आचार्यले बताए । उनी भारतमा गएर बसेको हुनसक्ने अनुमान गरिएको छ। तर किन र केका लागि वा कुन समस्याले भन्ने थाहा हुन सकेको छैन। 

पुस २ गते मालारानी- २ डाडाकटेरीस्थित घरबाट वडा कार्यलयको मोटरसाइकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कविहीन भएका थिए।गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गए भन्ने बारेमा थाहा हुन सकेको थिएन। 

प्रहरीले उनको खोजी कार्य जारी राखेको थियो। वडाअध्यक्षको मोबाइलको कल डिटेल निकाल्ने, सन्धिखर्कको शान्ती बगैचामा रहेको सीसी कयामेरामा पुस २ गते कैद भएको भिडियो हेर्ने लगायतका सबै कार्य प्रहरीले गरेको थियो।तर उनी कहाँ गए भनेर पत्ता लाग्न सकेको थिएन। 

आफन्तले भनेको आधारमा कपिलवस्तुको बहादुर गञ्जको प्लाइ उद्योग, कृष्ण नगर नाकाको सीसी क्यामेराको फुटेज, बुटबल भैरहवालगायत गोरुसिंगे सन्धिखर्क सडकको जंगलमा समेत सर्च गरिएको तर उनको अवस्था पत्ता लगाउन सकिएको थिएन।

उनी सम्पर्कमा आएको गाउँलेले जानकारी दिएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।निज बिनोदले चलाउने गरेको मोटरसाइकल सन्धिखर्क ग्यारेजमा बनाउन दिएर उनी वेपत्ता भएका थिए।उनको मोबाइल समेत बसमा खसालेकाले बसका चालकमार्फत मोबाइल परिवारले मोबाइल पाएका थिए। पुस २ गते पालिका अध्यक्ष बालकृष्ण आचार्य, वडा सदस्य लिलबहादुर पाण्डे र विनोदकी श्रीमति फोन गर्दा उनले फोन उठाएका थिएनन्।  

वडा सचीव गंगाराम चौधरीसँग बिदापछि घरबाट फर्केर सन्धिखर्क आएपछि मंसिर २९ गते फोनमा सामान्य भनाभन भएको र पौष ४ गते पुन: पालिका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृतको स्वीकृत बिनानै हुलाकमार्फत १३ गतेसम्मको बिदाको निवेदन पठाएर घरतर्फ लागेकाले सचीव चौधरीसँग प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र प्रहरी नायब उपरीक्षक नवराज मल्लले  सोधपुछ गरेका थिए।

घटनामा सचिवको कुनै संलग्नता नदेखिएको अनुसन्धानमा देखिएको थियो। उनी तत्कालिन नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा मालारानी- २ बाट वडा अध्यक्षमा जितेका थिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.