सातौं ओभरमा दिल्लीलाई चौथो सफलता : सन्दीपले लिए पहिलो विकेट

सातौं ओभरमा दिल्लीलाई चौथो सफलता : सन्दीपले लिए पहिलो विकेट

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्लीको तेस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने उत्कृष्ट बलिङ गरेका छन्। 

टस जितेर फिल्ड रोजेको दिल्लीको दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले कसिलो बलिङ गरेका छन्। व्यक्तिगत पहिलो होभरमा एक रनमात्र दिएका सन्दीपले दोस्रो ओभरमा एक विकेट लिएका हुन्। सन्दीपले कोलकत्ताका ओपनर ब्याट्सम्यान निखिल नाइकलाई आउट गरेका हुन्। सन्दीपले नाइकलाई बिएलडब्ल्यू धरापमा पारेका हुन्। सन्दीपले व्यक्तिगत दोस्रो ओभरमा एक विकेट लिएर ६ रन दिएका छन्। दुई ओभरमा सन्दीपले एक विकेट लिएर ७ रन दिएका हुन्। 

शनिबारको दोस्रो खेलमा दिल्ली क्यापिटलले कोलकाता नाइट राइडर्सको सामना गरिरहेको छ। दिल्लीले यसअघिका दुई खेलमध्ये एक जित र अर्को हार ब्यहोरेको छ। 

दिल्ली र कोलकाताको खेल फिरोज कोट्ला स्टेडियममा खेल जारी छ। दिल्लीको दोस्रो विकेट हर्षल पटेलले लिए। उनले रविन उथप्पालाई आउट गरेका हुन्। त्यसैगरी तेस्रो विकेटको रुपमा कासिगो रबाडाले क्रिस लिनलाई आउट गरे। त्यसैगरी चौथो विकेटको रुपमा हर्षल पटेलले नितिस रानालाई आउट गरे। हर्षलको यो व्यक्तिगत दोस्रो विकेट हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.