प्रधानमन्त्री ओली दमक आउँदै

प्रधानमन्त्री ओली दमक आउँदै

दमक : प्रधानमन्त्री केपी शर्मा ओली आइतबार गृहनगर दमक आउँदैछन्।ओलीले दुई दिन गृहनगरमै बिताउने छन्। उनी दमकमा आयोजित विभिन्न कार्यक्रममा सहभागी दमक आउन लागेका हुन्। प्रधानमन्त्री ओली आइतबार बिहान ११ बजे बिराटनगर बिमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ।

बिराटनगर बिमानस्थल बाट सिधै उर्लाबारीको मंगलबारेमा रहेको मदनभण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती शुभारम्भको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष गुरु बरालले जानकारी दिए। त्यस्तै, ओलीले प्रतिष्ठानको हाताभित्र रहेको मदनभण्डारी पार्क तथा इन्जिनियरिङ कलेजको उद्घाटन गर्ने कार्यतालिका रहेको बरालले बताए।

त्यस्तै, उर्लाबारीको कार्यक्रममा सहभागी भएपछि दमक नगरपालिकाको प्रशासनिक भवनको अपरान्ह ३ बजे समुद्घाटन गर्ने कार्यतालिका रहेको छ। भवनको उद्घाटन पछि १ नम्बर प्रदेश स्तरीय त्रिदिवसीय वृहद वाङ्मय सङ्गोष्ठीको पनि उद्घाटन गर्ने प्रधानमन्त्री स्वकीय सचिवालय अन्र्तगत विकास तथा जनसम्पर्क अधिकारी होम थापाले जानकारी दिए।

त्यस्तै प्रधानमन्त्री ओलीले सोमबार पशुपंक्षी हाट बजारको उद्घाटन गर्ने बताइएको छ। गृहनगरको दुई दिने बसाईमा प्रधानमन्त्री ओली उद्घाटन कार्यक्रममै व्यस्त रहनेछन्।त्यस्तै उनले कार्यकर्तासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.