फोहोर र शवको डंगुरले बिरामी सगरमाथा (भिडियो रिपोर्ट)

फोहोर र शवको डंगुरले बिरामी सगरमाथा (भिडियो रिपोर्ट)

काठमाडौं : पर्यटन वर्ष २०२० को भव्य तयारी गरिरहेको सरकार देशका विभिन्न पर्यटकीय गन्तव्यको प्रचारमा लागेको छ। अझ विश्वको सर्वोच्च शिखर सगरमाथालाई त उसले सबैभन्दा ठूलो गन्तव्यका रुपमा प्रस्तुत गरेको छ। तर सगरमाथाको बास्तविकता देख्नुभयो भने तपाईँलाई धिक्कार लाग्नेछ।

पहिलो पाइला

विश्वको सर्वोच्च शिखर सगरमाथा देख्न मानिस लालाइत हुन्छन्। झन् त्यसको आरोहण त सबै भन्दा ठूलो जित ठान्छन् आरोहीहरू। सगरमाथा देख्न वर्षेनी ठूलो संख्यामा पर्यटक नेपाल आउँछन्। र, सयौँ पर्यटक आरोहणकै लागि आउँछन्।

सन् १९५३ मे २९ मा सर एड्मण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथामा पहिलो मानव पाइला राखेका थिए। त्यसयता सन् २०१७ सम्म आइपुग्दा ५३०४ पुरुष र ३५६ महिलाले सगरमाथाको चुचुरो चुमेको विवरण पर्यटन विभागसँग छ।

सगरमाथा चढेका मात्र ३५ वटा वर्ल्ड रेकर्ड भइसकेका छन्। सरकारले सगरमाथा आरोहण अनुमतिका लागि विदेशीसँग प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर र नेपालीसँग ७५ हजार रुपैयाँ उठाउँछ। सगरमाथा आरोहणबाट कति रकम संकलन भयो, सजिलै अनुमान गर्न सकिन्छ। तर यत्तिमा मात्र सीमित छैन सगरमाथाको वास्तविकता।

आजको बास्तविकता

प्रावधान हेर्ने हो भने हिमाल आरोहण गर्दा आरोहीले प्रयोग गरेका सागाग्री, निस्कने फोहोर र शौच समेत लिएर फर्किनु पर्छ। आरोहणका क्रममा कसैको निधन भएमा शव ट्रेकिङ कम्पनीले ल्याउनुपर्छ। तर सगरमाथा क्षेत्रमा फोहोरको डंगुर छ र आरोहणका क्रममा निधन भएकाहरूको शव छरपस्ट छ। ८ पटक सगरमाथा आरोहण गरिसकेका गेल्जे शेर्पा भन्छन्- सगरमाथा बिरामी छ।

आरोही, ट्रेकिङ कम्पनी, पर्यटन विभाग, वातावरण विभाग सबै दोषी छन् यसमा। ट्रेकिङ कम्पनी पैसा कमाउन तल्लीन छन्। पर्यटन विभाग दस्तुर लिने र अनुमति दिनेमै व्यस्त छ। वातावरण विभाग कानमा तेल हालेर बसेको छ।

सगरमाथामा आरोहणका बेला टोलीसँग सरकारी कर्मचारी पनि कम्तिमा आधार शिविरसम्म पुग्नुपर्ने हो तर त्यहाँ पनि उनीहरुको उपस्थिति छैन। नेपाली आरोहीका लागि यो सामान्य लाग्ला तर विदेशी आरोहीले सगरमाथाको यो बिजोग देख्दा हाम्राबारे के सन्देश लिएर फर्केलान् ?

सगरमाथा बेचेर धेरै धनी भएका छन्, तर यसलाई जोगाउने अग्रसरता भने कसैले लिएका छैनन्।

हेर्नुस् एपीवान टेलिभिजनको ‘सिस्टम चेक’ मा सुमन ढुंगानाको रिपोर्टः


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.