कोहलीको लगातार तेस्रो हार : हैदरावाद ११८ रनले विजयी

कोहलीको लगातार तेस्रो हार : हैदरावाद ११८ रनले विजयी

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बैंग्लोर लगातार तेस्रो खेलमा पराजित भएको छ। आइतबारको पहिलो खेलमा हैदराबादले बैंग्लोरमाथि शानदार जित दर्ता गरेको छ। 

बैंग्लोरलाई ११८ रनले पराजित गर्दै हैदरावादले चार अंक जोडेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादका लागि दुई ओपनर जोनी बेइस्टो र डेविड वार्नरले दोहोरो शतक बनाए। हैदरावाले दोहोरो शतकका साथमा बैंग्लोरलाई दुई विकेट गुमाउँदै २३२ रनको चुनौती दिएको थियो। 

हैदराबादका लागि बेइस्टोले व्यक्तिगत ११४ रन बनाएर आउट भए। उनले ५६ बलमा १२ चौका र ७ छक्का प्रहार गरे। अर्को शतक प्रहार गरेका वार्नरले ५५ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे। ठूलो लक्ष्य पाएको बैंग्लोर भने १९.३ ओभरमा ११२ रनमै समेटियो। 

बैंग्लोरका कप्तान विराट कोहली १० बलमा ३ रन मात्र बनाएर आउट भए। बैंग्लोरका लागि सर्वाधिक ३७ रन कोलिन ग्राण्डहोमले बनाए। बलिङतर्फ मोहम्मद नाबीले चार विकेट लिए भने सन्दिप शर्माले तीन विकेट लिए। 
आइतबारको दोस्रो खेलमा अहिले चेन्नेई सुपरकिंस र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ। चेन्नेईले ब्याटिङ गरिरहेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.