हावाहुरीको बितन्डा : बारामा ६ जनाको मृत्यु (अपडेट)

हावाहुरीको बितन्डा : बारामा ६ जनाको मृत्यु (अपडेट)

क्रान्ति शाह/दिवाकर भण्डारी 

बारा : आइतबार साँझ हावाहुरीसहित परेको पानीले बारामा ६ जनाको ज्यान लिएको छ भने दर्जनौं घाइते घएका छन्। 

बाराको फेटा र पर्वानीपुर गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको छ।  फेटा गाउँपालिका–१ भलुई भरवलियामा हावाहुरीले घर भत्काउँदा पाँच जनाको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा एक बालक रहेका छन्। बालकको शव वीरगन्जको हेल्थ केयरमा राखिएको छ। 

दुई शव वीरगन्जकै नारायणी अस्पतालमा राखिएको छ भने अन्य तीन शव मेडिकल कलेजमा राखिएको छ। शवको सनाखत भने हुन सकेको छैन। 

हावाहुरीले सडक छेउका रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ। घाइतेको उद्धारका लागि सडक पन्छाउने काम भइरहेको उनले बताए।

घटनास्थलबाट सयौंको संख्यामा घाइतेलाई उपचारका लागि वीरगन्जका विभिन्न अस्पतालमा पठाइएको बाराका एसपी सानुराम भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार उद्धारको कार्य जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। 

वीरगन्जका प्रहरी निरीक्षक राजेश दत्तका अनुसार वीरगन्ज मेडिकल कलेजमा मात्र सय बढी घाइतेको उपचार भइरहेको छ। मेडिकल कलेजमा ल्याइएका सबै घाइते बाराको पर्वानीपुर गाउँपालिका–४ चैनपुरका हुन्। 

साँझ हावाहुरीले सडकमा रोकिराखेका करिब २५ वटा बस र ट्रक पल्टाएपछि चैनपुरमा धेरै घाइते भएका हुन्। चैनपुरमा दर्जनौको संख्यामा भुसका घर भत्किएका छन्.। सबै घाइतेको वीरगन्जका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरकिो भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.