कार्यालय सहयोगीको भरमा एक्सरे मेसिन

कार्यालय सहयोगीको भरमा एक्सरे मेसिन

जाजरकोट : जाजरकोट जिल्ला अस्पतालको एक्सरे मेसिन कार्यालय सहयोगीले चलाउने गरेको खुलेको छ। एक्सरे चलाउने दुईजना स्वास्थ्यकर्मी विदामा बसेपछि एक्सरे सेवा सहयोगीले चलाउने गरेका हुन्। एक्सरे चलाउने रेडिग्राफर मेडिना शाही र डार्क रुम असिष्टेन्ट सुनिता पुन दुवैजना एकै पटक विदामा बसेपछि कार्यालय सहयोगी रमेश वलीको भरमा एक्सरे सेवा संचालन भैरहेको छ।

डार्क रुम असिष्टेन्ट सुनिता गत चैत्र २ गते छोरी बिरामी भएको भन्दै विदामा बसेकी छन्। उनी विदामा बसेको बेला ८ चैत्रमा रेडियोग्राफर मेडिना पनि आफूलाई सञ्चो नभएको भन्दै विदामा बसेपछि एक्सरे सेवा प्रभावित भएको हो।

दुवैजना विदामा गएपछि एक्सरे सेवा बन्द छ। फुर्सदको बेला कार्यालय सहयोगी वलीले मेसिन चलाउँछन् भने उनी अन्य काममा ब्यस्त भएको बेला एक्सरे सेवा नै बन्द हुने गरेको भेरी नगरपालिका-३ का बुद्धिबहादुर खत्रीले बताए।'एक्सरे जस्तो गम्भीर प्रकृतिको काम कार्यालय सहयोगीले गर्दा सेवा प्रवाह कति भरपर्दो होला,' उनले भने, 'अस्पतालमा हदैसम्मको लापरवाही छ।'

दैनिक एक्सरेका लागि गएका बिरामी कर्मचारी नहुँदा घण्टौं कुर्नु परेको नलगाड ८ का पूर्ण शाहीले बताए।अस्पतालको सरसफाइदेखि एक्सरेसम्मको काममा कार्यालय सहयोगीलाई लगाउँदा बिरामीले निर्धारित समयमा एक्सरे सेवा लिन नपाएको गुनासो गरेका छन्।

५० शैयाको भनिएको यो अस्पतालमा सामान्य शल्यक्रिया सेवा संचालन भएपनि अन्य सेवा प्रभावकारी नहुँदा उपचार सेवा प्रभावित हुने गरेको छ। अस्पतालका निमित्त प्रमुख डा. केशर कार्कीले सुनिताको छोरी बिरामी भएर विदामा गएको र मेडिना आफै बिरामी भएपछि उनीहरु विदामा बस्दा सेवा प्रभावित भएको बताए। 'स्वास्थ्यकर्मीलाई सेवा प्रभावित नहुने गरी विदामा बस्न आग्रह गरिएको थियो।

रेडियोग्राफर मेडिना बिहीबार नै फर्कने गरी गएपनि हालसम्म फर्केकी छैनन्। सेवा बन्द नै गर्नुभन्दा मेसिन नलाउन सिकेका सहयोगीलाई केही दिन एक्सरे चलाउन लगाइएका हौ्, डा.कार्कीले भने, 'केही दिनमै यस्तो समस्याको समाधान गर्छौ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.