बाटो खन्दा माटोले पुरिएर स्काभेटर चालकको मृत्यु
पाल्पा : कालीगण्डकी करिडोर सडकको पाल्पा रामपुर क्षेत्रमा कच्ची सडक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एकजनाको ज्यान गएको छ ।
घटनामा बाँके जिल्ला बागेश्वरी–४ का ४४ वर्षीय भगबहादुर थापाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रहरी निरीक्षक भुपालसिंह रानाले बताए ।
ना १ ख ९६५६ नम्बर स्काभेटरका चालक थापा सोमबार बिहानको समयमा बाटो खन्दै गर्दा माथिबाट झरेको ढिस्कोले स्काभेटरको ईन्जिनतर्फको भाग पुरिँदा घाइते भएका थिए ।
रामपुर अस्पताल लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !