शान्ति मिसनमा नेपाली सेनालाई उच्च पद माग

शान्ति मिसनमा  नेपाली सेनालाई उच्च पद माग

न्युयोर्क : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई उच्च पदमा समेत समावेश गराउन राष्ट्र संघीय उच्च अधिकारीसँग आग्रह गरेका छन् । विश्व शान्तिमा नेपाली सेना र अन्य सुरक्षा फौजले निर्वाह गरेको भूमिकाको विश्वले प्रशंसा गरिरहेको बताए । नेपाली सेनाको पदीय अनुपातमा उच्च तहमा अवसर पाउनुपर्ने माग उनले राखेका हुन् । उनले राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेससँगको भेटवार्ता र राष्ट्र संघीय शान्ति मिसन सम्मेलनलाई सम्बोधनमा उनले त्यस्तो माग गरेका हुन् ।

विश्व शान्तिका लागि नेपाली सेनाले खेलेको भूमिकाको उच्च प्रशंसा सबैबाट हुने गरेको तर उसले उच्च स्तरमा किन जिम्मेवारी नपाएको भन्दै यस्ता विषयमा राष्ट्र संघ न्यायसंगत ढंगले अघि बढ्न पर्ने बताए । उनले नेपाली सेनाको गौरवमय इतिहासको प्रशंसासमेत गर्दै सहकार्यमा अब्बल भएको बताए । उनले यस्तो धारणा आफूले विदेशीबाट नै पाएको पनि बताए । मन्त्रीस्तरीय सम्मेलनमा रक्षामन्त्री पोखरेलले शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको भूमिका, सहभागिता र क्षमता अभिवृद्धिबारे नेपालका तर्फबाट प्रस्तावहरू पेस गरेका थिए ।

मन्त्रीस्तरीय सम्मेलनमा रक्षामन्त्री पोखरेलले नेपाली सेना र नेपाल प्रहरीको योगदानबारे अन्तर्राट्रिय जगतलाई जानकारी गराएका हुन् । विश्वका ११ देशका १२ वटा मिसनमा ५ हजारभन्दा बढी नेपाली सैनिक शान्ति स्थापनाका लागि कार्यरत छन् । उनले राष्ट्र संघका महासचिव गुटेरेससँग नेपालको पछिल्लो राजनीतिक अवस्था र विकासको सन्दर्भमा पनि छलफल भएको बताइएको छ । भेटघाटमा शान्ति स्थापनार्थ राष्ट्र संघले विश्वभरि खेलेको भूमिका र नेपालको हितबारे छलफल भएको जानकारी नियोगले दिएको छ । उनले नेपाली सेनाले अझै ५ हजार सैनिक शान्ति मिसनमा खटाउन सक्ने स्पष्ट पारे । विश्वका शक्तिराष्ट्र र शक्तिउन्मुख राष्ट्रले उच्च तहमा आफ्ना सैनिक पठाउँदा समस्या भएको हो ।

भेटघाटमा रक्षामन्त्री पोखरेलले शान्ति स्थापनार्थ नेपालले ६ दशकदेखि निर्वाह गरिरहेको भूमिका, त्यसमा खटिने सुरक्षाकर्मीको रक्षा, सुरक्षाबारे नेपालको चासोसमेत व्यक्त गरेको राष्ट्र संघका लागि स्थायी नियोगले जानकारी दिएको छ । उनी नेपाली सेनाका महासेनानी चोकबहादुर ढकाल र परराष्ट्र मन्त्रालयका सहसचिव धनश्याम भण्डारीसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार न्युयोर्क आएका हुन् । न्युयोर्कस्थित नेपालको वाणिज्य दूतावास, नेकपा समर्थित प्रवासी नेपाली मञ्चलगायतले आयोजना गर्ने छलफल तथा अन्तरक्रियामा समेत उनी सहभागी भए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.