प्राइम बैंकमा आगलागी हुँदा ७ लाखको क्षति
संखुवासभा : जिल्लाको सभापोखरी गाउँपालिकामा रहेको प्राइम कमर्सियल बैंकको शाखामा मंगलबार बिहान आगलागी हुँदा करिब ७ लाख बराबरको क्षति भएको छ। बिहान ६ बजे विधुत् सट भएर आगो लागेको प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोषकुमार राईले जानकारी दिए।
सभापोखरी-६ देवाल लाइनमा रहेको बैंकको शाखामा आगालागी हुँदा करिब ७ लाख रुपैयाँ क्षति भएको प्रहरी निरीक्षक राईले जानकारी दिए। आगलागीबाट कार्यालयको कम्प्युटर प्रिन्टर तथा फर्निचरलगायतका सामान जलेर नष्ट भएको भएको छ।
विकास तामाङको २ तले घरको भुइतल्लामा रहेको प्राइम कमर्सियल बैंकमा अचानक बिजुलीको तार सर्ट भई आगोलागी भएको जनाइएको छ । आगो स्थानीय र प्रहरी करिब २० मिनेटमा नियन्त्रणमा लिएकाले ठूलो क्षति नभएको राईले बताए।
प्रतिक्रिया दिनुहोस !